Aamsanchar

अबुधाबी राज्य कमिटिको नवौं अधिवेशन सम्पन्न

Author Image
शनिवार, माघ २०, २०७४

[सुर्य खवास]

युएई,

प्रवासी नेपाली मंच युएई, अबुधाबी राज्य कमिटी को नवौं अधिवेशन मञ्चको सम्पन्न भएको छ । राष्ट्रिय कमिटिका अध्यक्ष श्याम कडेंलको प्रमुख आधित्यमा २ फेब्रुअरीमा आबुधाबी स्थित निहाल होटलको सभा कक्षमा सम्पन्न भएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कडेंलले व्यक्तिगत स्वार्थ र लाभको लागि संगठनलाई प्रयोग कसैले गर्छ भने उसको अस्तित्व समाप्त हुने हुँदा व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर संगठनको लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।

 

दोश्रो चरणको बन्द सत्रमा बिघठित राज्य कमिटिका कार्यबाहक अध्यक्ष विपिन सापकोटाले प्रस्तुत गर्नु भएको सांगठानिक प्रतिवेदन तथा आर्थिक बिभाग प्रमुख पुरुषोत्तम सापकोटाले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतले पारित गर्‍यो ।

 

प्रवासी नेपाली मंच युएई, राष्ट्रिय कमिटिका पदाधिकारीहरु, सल्लाहकारहरु, विभिन्न राज्यकमिटिका प्रतिनिधि तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमको सभापतित्व अधिवेसन आयोजक समितिका संयोजक विपिन सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम संचालन विमल कार्कोले गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर