Aamsanchar

राशीले युवाहरुलाई यस्तो प्रभाव र असर पार्दो रहेछ

Author Image
शुक्रवार, चैत २, २०७४

मेष राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती मातापिताको नियन्त्रणबाट फुत्किन चाहन्छन् । तर यिनीहरुले आपूmलाई संहालेर माता–पीतासँग सम्बन्ध सुधार्नुपर्दछ । यिनीहरुमा धनीहुने उच्च महत्वकांक्षा रहन्छ । यिनीहरुमा दार्शनीक विचार प्रवाह बढी रहन्छ । बुढा–पाकाको जस्तो कुरा गर्ने हुन्छन् ।

बृष राशिका युवा–युवती

यिनीहरु हरेक क्षेत्रमा परिवर्तन चाहने हुन्छन् । यिनीहरुमा भविष्य प्रति सकारात्मक बिश्वास रहन्छ । भूतकाल भन्दा भविष्यकाल सुखद रहनेछ भन्ने बिश्वासमा साथ कर्म गर्न हुन्छन् । यिनीहरु धनको पछाडी पागलझैं लाग्दैनन् तै पनि धनप्राप्ती भैरहने हुन्छ । आफ्नो परिवार, राष्ट्र, समाजप्रति उत्तरदायित्व वहन गर्नेखालका हुन्छन् ।

मिथुन राशिका युवा–युवती

यिनीहरुको जवानी कठिनाइले भरिपूर्ण हुनेछ । द्विस्वभाव मनोवृत्तिले गर्दा एकठाउँमा बसिरहन सक्दैन । प्रेम प्रसंग, सच्चाई सदैव परिवर्तन भैरहन्छ । मनमा सकारात्मक सोच एवं उत्साह रहिरहनेछ तर पनि माता–पिताको व्यवहारले दुःखी भैरहन्छ । यिनीहरु यात्रा प्रायः हुन्छन् । देश, विदेशको पनि सौखिन हुन्छन् ।

कर्कट राशिका युवा–युवती

२४ वर्ष भन्दा कम उमेरका युवा–युवती सदैव आफ्नो भविष्यको बारेमा उत्सुक रहिरहन्छन् । घरसँग सम्झौता गर्दै माता–पितालाई भावनालाई कदर गर्ने हुनछन् । धन सम्पत्तिलाई सदैव कम प्राथमिकता दिने हुँदा बुढेसकालमा समस्या आउन सक्छ । आदर्शवादी चिन्तनबाट प्रेरित भएका हुन्छन् ।

सिंह राशिका युवा–युवती

यिनीहरु बढी भविष्यको बारेमा चिन्तित रहन्छन् । त्यसैकारणले ज्योतिष, तन्त्र मन्त्र यन्त्रमा पनि विशेष रुची राख्ने हुन्छन् । यिनीहरु बहुमुखी प्रतिभाका धनी भएतापनि अन्र्तमुखी स्वभावले गर्दा त्यसलाई उजागर गर्न सक्दैनन ।

तुला राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती न्यायको साथ साथै स्वीकृति पनि चाहन्छन् । उनीहरुको जीवनको विशेष सम्बन्ध आवागमन, आत्म–ज्ञान एवं संवेदनशीलतासँग रहन्छ । अरुको विचार भावनाको सम्मान गर्ने हुन्छन् ।

वृश्चिक राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती गम्भिर प्रकृतिका हुन्छन् । यिनीहरु आफ्नो योजना भरसक कसैलाई भन्दैनन् । यिनीहरु हरेक विषयलाई चाँडै प्राप्त गर्न चाहने हुन्छन । आफ्नो भाई बहिनीसँग ग्रह मिल्दैन । यिनीहरु विवेकभन्दा भावनाबाट बशिभूत हुन्छन् । त्यसकारण प्रायः जीवनमा निराशवादी हुन जान्छन् ।

धनु राशिका युवा–युवती

धनु राशिका युवा–युवती स्वप्न दृष्टा हुन्छन् । साथसाथै आफ्नो सपना साकार पनि प्रयासरत पनि रहिरहन्छन् । १४ देखि २१ वर्षका युवा–युवती प्रतिभाशाली हुन्छन् । पितालाई भन्दा माता बढी भविभाव राख्ने हुन्छन् । धार्मिक एवं सामाजिक क्षेत्रमा पनि रुची राख्ने बहुमुखी प्रतिभाका धनी भएता पनि हिनताको भावना रहिरहन्छ ।

मकर राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती आत्मविश्वासी, तर आपैmमा असन्तुष्ट तथा रचनात्मक स्वप्नदृष्टा हुन्छन् । यिनीहरुको आमाको प्रभाव बढी पर्दछ । मकर राशिका व्यक्तिहरु नेतृत्व गुण सम्पन्न हुन्छन् । विद्यालयमा मनिटर तथा खेलमा कप्तान बन्न सक्छन् ।

कुंभ राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती अधीर एवं असन्तुष्ट मनोवृतिका हुन्छन् । यिनीहरुको प्रकृति खोजनिति गर्ने खालको हुन्छ । अन्वेशक बन्न सक्छन् । मानवतावादी एवं असहायकको सहायक बन्ने महान विचार सदैव मनमा भइरहन्छ । क्रान्तीकारि स्वभावका पनि हुन्छन् ।

मीन राशिका युवा–युवती

२० वर्ष भन्दा कम उमेरका युवा–युवती संवेदनशील अरुको मनोभावलाई बुझ्ने र समस्यामा साथ दिने वाला हुन्छन् । यिनीहरु सचेत प्रकृतिका हुन्छन् । भविष्यको लागि चिन्तित रहन्छन् । पिताको निकटता अनुकुल हुन्छन् । यिनीहरु रक्सि र औषधीको अत्यधि प्रयोगबाट सदैव बच्नुपर्ने हुन्छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर