Aamsanchar

महेन्द्र गिरी भए बर्ष उत्कृष्ट नागरिक

Author Image
मङ्गलवार, वैशाख ४, २०७५
बिर्तामोड, बैशाख ४।
 वीरता जेसीज बिर्तामोडसहित झापाका एक सय २५ वटा संस्थाले आज मंगलबार सामुहिक रुपमा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीलाई उत्कृष्ट नागरिकको सम्मान प्रदान गरेका छन्  ।
आर्थिक समृद्धिमार्फत सामाजिक रुपान्तरणमा टेवा पुᆬयाएको भन्दै बिर्तामोड(२ चारपाने निवासी ४८ बर्षीय गिरीलाई उक्त सम्मान प्रदान गरिएको हो । वीरता जेसीज पूर्वअध्यक्ष क्लबको अगुवाईमा भएको सम्मानमा गिरीलाई स्वर्ण पदक, नगद तथा सम्मान(पत्र प्रदान गरिएको थियो । सहारा नेपाल तथा सहारा नेपाल साकोसमार्फत पछाडि परेको वर्गको उत्थान र सशक्तीकरणका साथै आर्थिक समृद्धिमा गिरीको अगुवाईमा निर्वाह भएको भूमिकाको चर्चा गर्दै झापाका सामाजिक संस्थाले उनलाई सम्मान प्रदान गरेका थिए । 
सहारासहित झापा गोल्डकपको संस्थागत विकास, समर्पण राष्टिूय अभियान लगायतका राष्टिूय महत्वका कार्यको परिकल्पनाकार गिरीलाई मानिन्छ । सहारामार्फत अहिले एक लाख ३० हजार सदस्य संगठित छन् भने गरीब सात अर्बको आर्थिक कारोबार गर्न सफल भएको छ । सहारा अहिले देशकै ठूलो र उत्कृष्ट संस्थाको रुपमा गनिएको छ । 
प्रमुख अतिथि राजनीतिज्ञ एवम् सञ्चारविद् रवीन्द्र मिश्र तथा वीरता जेसीजका संस्थापक गोपालकुमार बस्नेतले गिरीलाई सम्मान(पत्र हस्तान्तरण गरेका थिए । त्यस्तै उत्कृष्ट नागरिक सम्मान समारोह २०७४का संयोजक प्रमेश हलुवाई (राजकर्णिकार)ले स्वर्णपदक र माला तथा वीरता जेसीजका अध्यक्ष एकराज गिरीले नेपाली ढाकाटोपी उत्कृष्ट नागरिक गिरीलाई पहिᆬयाएका थिए । छनौट समितिको तर्फबाट सदस्य रहेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भᄃराईले २०७४को उत्कृष्ट नागरिकको रुपमा गिरीको नाम घोषणा गरेका थिए ।

प्रमुख अतिथि रविन्द्र मिश्र ।

 समारोहका संयोजक हलुवाइको अध्यक्षतामा भएको कार्यक्रममा वीरता जेसीजसहित एक सय २५ वटा संस्थाका प्रतिनिधिले उत्कृष्ट नागरिक गिरीलाई मायाको चिनो तथा खादा पहिᆬयाएर सम्मान गरेका थिए । ती संस्थाको तर्फबाट संयुक्त रुपमा एउटै सम्मान(पत्र हस्तान्तरण गरिएको थियो । 
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मिश्रले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि मिश्र, विशिष्ठ अतिथि झापा क्षेत्र नं. २बाट प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल, उत्कृष्ट नागरिक गिरीले मन्तव्य राखेका थिए । उत्कृष्ट नागरिक सम्मानको औचित्यमाथि वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेतले प्रकाश पारेका थिए भने स्वागत वीरता जेसीजका अध्यक्ष गिरीले गरेका थिए ।  संयोजक हलुवाईको अध्यक्षतामा भएको समारोहमा प्रथम महिला अनिता हलुवाईको समेत उपस्थिति थियो । पूर्वअध्यक्ष सजेश शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा आस्थावाचन वीरता लेडी जेसीजकी अध्यक्ष नम्रता ढकालले गरेकी थिइन् भने जेसीआई मिसन र भिजन तथा नेपाल जेसीज र वीरता जेसीजको यस बर्षको प्रकरण वाचन वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष मिजास पोखरेलले गरेका थिए । 
कार्यक्रम सकिए लगत्तै स्कटिᆰसहित उत्कृष्ट नागरिक गिरी, प्रथम महिला ज्योति गिरी र उनका छोरी कृतिमा गिरीलाई नगर परिक्रमासहित चारपानेस्थित निवास पुᆬयाइएको थियो । मूल सम्मानपत्रको वाचन पूर्वअध्यक्ष शेखर ढकालले गरेका थिए भने ऐक्यबद्धतासहितको झापाका संस्थाको सामुहिक सम्मान(पत्र जेसीज पूर्वअध्यक्ष समाज झापाका सचिव रमेश पोखरेलले वाचन गरेका थिए । 
प्रमुख अतिथिलाई मायाँको चिनो प्रदान गर्दै कार्यक्रमका संयोजक र वीरता जेसीजका अध्यक्ष ।
कार्यक्रमका वक्ता तथा सहभागीले समारोह भव्य, उत्कृष्ट भएको चर्चा गर्दै नौलो कार्यक्रमको अनुभूति भएको बताएका छन् । वीरता जेसीज, पूर्वअध्यक्षहरुले ०५२ सालबाट हरेक बर्ष एक विधामा जिल्लाका एक उत्कृष्ट व्यक्तिको छनौट गरी उत्कृष्ट नागरिक सम्मान प्रदान गर्दै आएको पूर्वअध्यक्ष राजकुमार पोखरेलको भनाइ छ । वीरता जेसीजले अगुवाई गरे पनि कार्यक्रमलाई झापाका सबै जेसीज तथा अन्य सामाजिक संस्थाको साझा कार्यक्रमको रुपमा स्थापित गरिएको वीरता जेसीजका पूर्वअध्यक्ष बिनोद बस्नेत बताउँछन् ।
फोटो: बिनोद पाण्डे कमल/आमसंचार
 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2

प्रतिक्रिया (०)

सम्बन्धित खबर