Aamsanchar

पानी नपरेपछि भ्यागुताको बिहे

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

vyaguta

भोजपुर, ३१ वैशाख । भोजपुरको भुल्के गाविसका किसानले लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गराएका छन् ।

किसानले गाविस को वडा नं– १ र ४ मा रहेका जाल्पादेवी र पञ्चकन्या मूलमा पञ्चेबाजासहित नौ÷नौजना पण्डित पढाएर बिहिवार भ्यागुताको बिहे गराइदिएको स्थानीय किसान बाबुराम बन्जाराले जानकारी दिनुभयो । बेहुला पक्षका किसानले पञ्चकन्या मूलबाट बेहुला भ्यागुतो लिएर पण्डितसहित ‘हरहर महादेव, पानी देऊ देऊ’ भन्दै जाल्पादेवी मूलमा पुगेका थिए ।

बेहुली पक्षका किसानले भने धुमधामका साथ पण्डित पढाएर बेहुली भ्यागुतालाई बिदावारी गरेका थिए । बेहुली पक्षले पनि महादेवलाई पानी माग्दै नौजना पण्डित पढाएका थिए । बिहेमा ३०० भन्दा बढी किसानको सहभागिता थियो । पानी पर्छ भन्ने विश्वासमा भ्यागुताको बिहे गराइदिएको विवाह व्यवस्थापन समितिका ज्ञानराज भट्टराईले बताउनुभयो ।

भोजपुरका केही भागमा लामो समय पानी नपर्दा किसानले बारी जोत्ने, मकै छर्ने लगायतका काम गर्न नपाएको टक्सारका किसान श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर