Aamsanchar

ताप्लेजुङ्गको साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा

Author Image
शनिवार, भदौ २, २०७५

बिर्तामोड ।

ताप्लेजुङ्गको सिरीजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१ आँै वडा र साविक ३९ औँ गाविसको रुपमा सिनाम एक नम्बर वडालाई आज पूर्ण खोप घोषण गरिएको हो । गाउँपालिकामा रहेको ८ वटा वडा मध्ये पाचौँ वडाको रुपमा सो वडालाई पुर्णखोपयुक्त घोषणा गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य माननिय भुप्रेन्द्र थेवेले घोषणापत्र वाचन गरेर पुर्ण खोपयुक्त घोषणा गर्नुभयो । जन्मेदेखि देखि १५ महिनाका सम्मका २७ जना बालबालिकालाई दादुरा लगायत सबै खोप दिईसकेको र आगामी समयमा पनि बालबालिकालाई नछुटाई खोप लगाउने स्वास्थ चौकीले जनाएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य माननिय भुप्रेन्द्र थेवेले पुर्ण खोप घोषणा भएकोमा खुशी ब्यक्त गर्दै आफ्ना बालबालिकालाई निरोगी, सबल, र सक्षम बनाउन आग्रह गर्नुभयो ।

उहाँले समृद्धि र विकास अबको आवश्यकता भएको बताउनुभएको छ । संविधानसभा सदस्य थेवेले जनताका गुनासो सुन्ने बताउँदै जनतालाई समृद्धिका माध्यमबाट निरोगी, खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङले यो वडा भौगोलिक दृष्टिले विकट रहेको भन्दै राज्यले दिएको सेवा सुविधा खोजी खोजी प्रयोग गर्न वडाबासीलाई आग्रह गर्नुभयो । उहाले आफ्नो स्वाथ्यको ख्याल राख्दै बर्थिङ् सेन्टर नजिकै भएकाले सुत्केरीहरु सबैलाई वर्थिङ् सेन्टरमै गएर प्रसुति गराउन आग्रह समेत गर्नुभएको थियो ।

कार्यवाहक वडा अध्यक्ष रामकुमारी थेवेको सभापतित्वमा भएको सो कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य माननिय भुप्रेन्द्र थेवे ,विशिष्ट अतिथि सिरीजङ्गा गाउँपालिका अध्यक्ष टिकाराम गुरुङ्ग, जिल्ला जनस्वाथ्य कार्यालय ताप्लेजुङ्गका प्रमुख डाक्टर कृष्ण प्रसाद साह, सिनाम बहुमुखि क्याम्पस प्रमुख महेन्दं प्रकाश गैतम लगायतले शुभकामना राख्नुभएको थियो । सिनाम बहुमुखि क्याम्पस को प्राङ्गणमा भएको कार्यक्रमको सञ्चालन सिनाम स्वास्थ्य चौकिका अहेव खग्रेन्द्र खतिवडा लेलीनले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर