Aamsanchar

भ्यालेन्टाइनमा गायिका निशुको आइ लभ यु उपहार

Author Image
मङ्गलवार, माघ २२, २०७५

झापा ।

गायिका निशु ढकालले पुनः अर्को गीत बजारमा ल्याएकी छिन् । हालै युट्युव मार्फत ‘आइ लभ यू’ बोलको गीत उनले बजारमा ल्याएकी हुन् । भ्यालेन्टाइन डे लाई लक्षित गरेर गीत बजारमा ल्याइएको गायिका ढकालले जनाएकी छिन् ।

उनको म्यूजिक भिडियोमा मोडलका रुपमा झापा बुद्धशान्ति–३ की सामारिका ढकाल देखिएकी छिन् । सामारिका पनि पछिल्लो समय म्यूजिक भिडियोमा छाइरहेकी मोडल हुन् । उनलाई गीतमा मोडल नवीन श्रेष्ठले साथ दिएका छन् ।

गायिका निशुको शव्द, संगीत र स्वरमा रहेको ‘आइ लभ यू’ बोलको गीतको निर्देशन नवीन के. तिम्सिनाले गरेका हुन् । गायिका निशु ढकालले विशेष अवसर, चाड र पर्वका गीतहरु बजारमा ल्याइरहेकी छन् ।

https://www.youtube.com/watch?v=gTTX41CMJOY

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर