Aamsanchar

वैदेशिक रोजगारको नाममा ठगी बढ्यो

Author Image
सोमवार, जेठ ३, २०७३

thagi

सुनसरी

सुनसरीमा पछिल्लो समय वैदेशिक रोजगारको नाममा सर्वसाधारण ठगिने क्रम बढेको पाइएको छ ।

वैदेशिक रोजगारमा जाने युवा बढ्दै गएपछि ठग र दलाल पनि बढ्दै गएकाले सर्वसाधारण ठगिने क्रम बढेका छन् ।

जिल्लामा एक वर्षको अवधिमा ३१० जनाले वैदैशिक रोजगारीको नाममा ठगीमा परेको भन्दै विभिन्न निकायमा उजुरी गरेका छन् ।

वैदेशिक रोजगारमा जानेको विषयमा काम गर्ने र परामर्श तथा सल्लाह दिने सिएसडिसीको परामर्श केन्द्रमा समेत केही उजुरी परेको बताइएको छ ।
हाल सुनसरीमा अवैध मैनपावर कम्पनी र एजेन्डले वैदेशिक रोजगारमा पठाइ दिने भन्दै राहदानी नियन्त्रणमा लिने, विदेश पठाइदिने भन्दै राहदानी लिई भाग्ने, केहीलाई पठाए पनि एउटा काम भनी पठाउने र अर्कौ काममा लगाउने तथा तोकिएको भन्दा बढी शुल्क लिने गरेको अवस्था रहेको स्थानीय सिएसडिसीका परियोजनाका कर्मचारी भेषराज पाखरेलले जानकारी दिनुभयो ।

उहाँले जिल्लामा २८ वटा मेनपावर कम्पनी र ३०५ जना एजेन्ड मात्रै सूचीकृत रहेको भए पनि दर्ता बिना सोभन्दा बढी कम्पनी र एजेन्ट सक्रिय रहेका छन् । अवैधरुपमा सञ्चालनमा रहेकाले ठगी बढी मात्रामा गरिरहेको पोखरेलको भनाइ रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर