Aamsanchar

बेपत्ताका १२ र सत्य निरुपणका २५ उजुरी

Author Image
बुधवार, जेठ ५, २०७३

beppata-aayog.jpg

 

पथरी (मोरङ)।

स्थानीय शान्ति समिति मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका सम्बन्धमा स्थानीय शान्ति समितिको कार्यालयमा १२ वटा उजुरी परेका छन् ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा २५ वटा उजुरी परेको स्थानीय शान्ति समिति मोरङका संयोजक महेश रेग्मीले जानकारी दिनुभयो । बेपत्ता तथा सत्यनिरुपण तथा मेलमिलापका सम्बन्धमा २५ वटा गरेर जम्मा ३७ वटा उजुरी दर्ता भएका हुन् ।

संयोजक रेग्मीका अनुसार कार्यालयवाट ११३ वटा फारम लगिएको र बेपत्ता सम्बन्धमा आगामी जेठ मसान्तसम्म उजुरी दिन सकिनेछ ।

त्यसैगरी, सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धमा असार २ गतेसम्म उजुरी दिन सकिनेछ । गत वैशाख २ गतेदेखि मोरङमा उजुरी लिन थालिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर