Aamsanchar

झोराहाटमा पहिलो ग्रामीण नाट्यघर

Author Image
बिहिवार, वैशाख २, २०७३

पथरी (मोरङ), २ वैशाख । मोरङको झोराहाटमा देशमै पहिलो ग्रामीण नाट्यघरको बुधबार एक समारोहबीच उद्घाटन गरिएको छ । सो नाटक घरमा संसारकै सबैभन्दा ठूलो काठको हलो बनाएर प्रदर्शनमा राखिएको छ । जङ्गली सिमलको सिङ्गो रूखबाट बनाइएको यो हलो पन्ध्र फिट लामो छ । यसको जुवा पनि दश फिटभन्दा लामो बनाइएको छ । यसलाई उचाल्न नौजना मानिस चाहिन्छ ।

झोराहाट नाट्यघर प्रवेशद्वारमा यसलाई स्थापित गरिएको छ । कालो रङ्गको हलोको अनौ पनि निकै लामो छ । रङ्गकर्मी तथा वरिष्ठ कलाकारले एकसाथ नाट्यघर उद्घाटन गर्नुभएको हो । वरिष्ठ कलाकार हरिहर शर्मा, प्राध्यापक डा अभि सुवेदी, आरोहण गुरुकुलका संस्थापक तथा नाट्यकर्मी सुनिल पोखरेल, अमेरिकी नागरिक बरुस पारडोलले एकसाथ नाट्यशाला, डबली तथा नाट्य केन्द्रको उद्घाटन गर्नुभयो । २२ लाख रुपैयाँको लागतमा नाट्यशाला निर्माण भएको हो । यसमा १२० जना बसेर हेर्न मिल्ने झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 434

प्रतिक्रिया (०)

सम्बन्धित खबर