Aamsanchar

लेनदेनमा धम्क्याउने दुई जना हतियारसहित पक्राउ

Author Image
बिहिवार, वैशाख २, २०७३

 

सिरहा प्रहरीले लेनदेनको विषयमा हतियार देखाएर धाकधम्की दिने दुई जनालाई बुधबार हतियारसहित पक्राउ गरेको छ।

एक थान कटुवा पेस्तोल र सो पेस्तोलमा लाग्ने एक राउण्ड गोलीसहित सिरहा नगरपालिका-९ का गणेश यादव र सोही नगरपालिका-११ का धनिक कामतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

बुधबार राति सिरहा नगरपालिका-११ बस्ने सत्यदेव कामतीलाई पुरानो लेनदेनको विषयमा वादविवाद हुँदा कटुवा पेस्तोल देखाई धम्की दिइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको टोलीले उनीहरुलाई राति साढे १० बजे हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपक्षीक एकनारायण कोइरालाले बताए।

पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर