Aamsanchar

४ वर्षकी बेहुली

Author Image
शनिवार, वैशाख ४, २०७३

belbibaha copy

[एकराज गिरी]
बिर्तामोडकी चार बर्षीया मानसी बेहुली बनेर यज्ञमा छिन् । उनका बुबा मिलन शाक्य र आमा मलिना छोरीको कन्यादानमा जुटेका छन् । पुरेतले कर्म अघि बढाइरहेका छन् । निम्तालुहरु भोजमा व्यस्त । भीमसेन मन्दिर परिसरमा शुक्रवार देखिएको दृश्य । बिर्तामोड मुक्तिचौकबाट करिब एक किलोमिटर उत्तर शनिश्चरे रोड दासपुल शनिअर्जुन–५मा पर्छ त्यो मन्दिर ।
मानसीसागै चार बर्षकै प्रयत्ना शाक्यको पनि विवाह हुादैथियो त्यहाा । दीपक र रेखाकी छोरी हुन् उनी । रविन र रेखा शाक्यकी छोरी ७ बर्षकी आरुषि पनि बेहुली बनेर त्यही यज्ञमा थिइन् । दीनेश र लक्ष्मी श्रेष्ठकी छोरी समृद्धि, दीपक र रञ्जुकी छोरी श्रुति तथा विकास र स्तुतिकी छोरी शौम्याको पनि एकै साइतमा एकै ठाउाबाट विवाह भयो । तीनै जना नौ बर्षका छन् ।
ती बालिका बेहुलीका बेहुला चाहिा कति बर्षका र कस्तो होलान्– त्यो यज्ञमा पहिलोपटक पुग्नेलाई कौतुहल हुनसक्छ । तर ती बेहुलीको विवाह कुनै वर [बेहुला]साग थिएन । बर अर्थात् बेहुलारुपी ‘बेल’साग नेवारी परम्परा अनुसार उनीहरुको सामुहिक विवाह थियो त्यहा ।
विवाहको तारतम्य मिलाएको थियो– नेवास् पासा मुन पुचस् बिर्तामोडले । समितिले बिर्तामोड आसपास बसोबास गर्ने नेवारी परिवारका छोरीको सामुहिक बेल विवाह गराउदै आएको अध्यक्ष श्यामकुमार ताम्राकार बताउछन् । ‘पहिले घरघरमै बेलविवाह हुन्थ्यो’– ताम्राकारले भने– ‘समितिको अगुवाइमा यो चौथो पटक सामुहिक बेला विवाह भएको हो ।’
झापामा नेवारी समुदायका पुरेत अर्थात गुभाजु छैनन् । मोरङको उर्लाबारीबाट आएका गुभाजु अशोक बज्राचार्यले ६ बालबालिकाको एकै साइतमा बेल विवाह गराएको नेवास्पासा मुन पुचस् बिर्तामोडका पूर्व अध्यक्ष प्रमेश हलुवाईले बताए ।
बेलसागको विवाहलाई नेवारी भाषामा इहींपा अर्थात् इहीं भन्ने चलन छ ।
नेवारी संस्कारमा मात्र कुमारी कन्यालाई बेल विवाह गर्ने चलन छ । नेवारी संस्कृतिमा महिलाको तीनपल्ट विवाह गर्ने परम्परा हुन्छ । ‘नेवारी चेलीको जीवनमा तीनपल्ट विवाह हुन्छ’– संस्थाका संस्थापक अध्यक्ष दीनेश मल्लले भने– ‘पहिलो बेलसग, दोस्रो सूर्यनारायणसाग र तेस्रोमा मान्छेसग ।’ बेलसाग विवाह हुदा जस्तो बेल पर्‍यो, पछि पति पनि त्यस्तै पाउने भन्ने मान्यता हुादा बेल कस्तो पर्छ भन्ने चासो बढी हुने संस्थाका पूर्व अध्यक्ष चन्द्र राजभण्डारी बताउछन् ।
उक्त बिवाहमा भगवान शिवका पुत्र कुमारलाई बेलको स्वरूपमा लिई बालिका दिनभरी व्रत बसेर बेललगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । विधिवत रूपमा पूजाआजा गरी विवाह गर्ने बालिकाका बुवाले कन्यादान दिएपछि यो विवाह सम्पन्न हुने गर्दछ । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तैहुने विश्वास छ । त्यसैगरी दोश्रो पटक बालिकाहरु जब १०–१४ बर्षका हुन्छन्, बेलसाग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि ‘सूर्य ’ दर्शन गरेर बिवाह सम्पन्न गरिन्छ । अनि तेश्रोपटक वयस्क भएपछि बरसग विवाह गराइन्छ ।
बेल कहिल्यै नसुक्ने, कहिल्यै नकुहिने र कहिल्यै नबिग्रिने हुनाले चेली कहिल्यै पनि बिधवाको भेषमा देख्न नपरोस् भनेर माइतीले सानै उमेरमा बेलसाग कन्यादान गर्ने चलन रहेको संस्थाका पूर्व सदस्य सचिव गणेश शाक्यले बताए । नेवारी संस्कारमा बेलसाग कन्यादान भइसकेको छोरीलाई मान्छेसग विवाह गराउादा कन्यादान गर्नु नपर्ने परम्परा छ । अभिभावकले बेहुलीरुपी छोरीलाई काखमा राखेर बेहुलारुपी बेललाई कन्यादान दिएर सुम्पन्छन् । त्यो बेलको दानालाई ती कन्याले मन्दिर लगायतको पवित्र र सुरक्षित स्थानमा राख्छन् ।
बेल बिवाह बालिका भविष्य सुनिश्चितताको लागि गरिन्छ । कन्याहरुले एकपटक बेलसाग बिवाह गरेपछि यदी भविष्यमा उसको विवाहित श्रीमान्को मृत्यु भइहाले पनि उसले कहिले पनि बिधवाको रुपमा बस्नु नपर्ने भने मान्यता रहेको संस्थाकी उपाध्यक्ष इश्वरा श्रेष्ठ बताउाछिन् । बेल बिवाह सम्पन्न गरेपछि बालिकाहरुलाई बजी [चिउरा], वस् [बारा], खें [अण्डा], मुस्या [भटमास], छोयला, कचिला, तस्कुला, डायकुला, चतांमरी, योमरी, चाकु, अयला [रक्सी], थों [जााड]आदि धेरै प्रकारका परिकार भएको खाना दिने गरिन्छ ।
छोरीको रजश्वला हुनुभन्दा पहिले कन्यादान गरेमा बुबाआमालाई पुण्यप्राप्त हुने मान्यता रहेका कारणले पनि नेवारी चलन अनुसार साइत जुराएर ५, ७, ९ र ११ वर्ष उमेरका कुमारी कन्यालाई बेलसाग विवाह गराइने परम्परा छ । यो विवाह नेवारी गुरुबाटै गराउनु उत्तम मानिन्छ । बिर्तामोडमा संस्थामा आवद्ध नेवारी परिवारको संख्या तीन सय ५० रहेको सचिव दिनेश श्रेष्ठले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 312

प्रतिक्रिया (०)