Aamsanchar

संवाद समूहमा शान्ति मन्त्री

Author Image
शनिवार, वैशाख ४, २०७३

y1
बिर्तामोड, बैशाख ४। शान्ति तथा पुन:निर्माण मन्त्री एकनाथ ढकालले समाजमा शान्ति स्थापनाका लागि राजनीतिक दल र हरेक नागरिकमा सकारात्मक चिन्तन हुनुपर्नेमा जोड दिएका छन् ।
संवाद समूहको सचिवालय बिर्तामोडमा शनिबार भएको छलफलमा मन्त्री ढकालले संवादविहीनताबाट द्वन्द्वको विजारोपण हुने भन्दै द्वन्द्व तथा कुनै पनि समस्याको समाधानको प्रस्तानविन्दू संवाद भएको बताए ।
उनले संवादको माध्यमबाट जुनसुकै समस्या हल गर्न सकिने हुादा द्वन्द्व र आन्दोलनभन्दा पनि संवाद, सहमति र सहकार्यमा अघि बढ्न दलहरुलाई आग्रह गरे ।
संवाद समूहले शान्ति प्रबद्र्धन र द्वन्द्व समाधानमा खेलेको भूमिकाको शान्तिमन्त्री ढकालले प्रशंसा समेत गरे ।
नेपाल परिवार दलका केन्द्रीय अध्यक्ष समेत रहेका मन्त्री ढकालले हरेक राजनीतिक दल, संस्था र नागरिक राष्ट्रप्रति प्रतिबद्ध रही राष्ट्र हितमा काम गर्नुपर्नेमा जोड दिादै मातृभूमिको आलोचना गर्ने छुट कसैलाई नभएको बताए ।
झापामा शान्ति स्थापनाका लागि आगामी दिनमा अझ सौहार्द वातावरण निर्माण गर्दै सहकार्य र संवादको माध्यमबाट अघि बढ्न मन्त्री ढकालले जिल्लाका राजनीतिक दलहरुलाई सुझाव समेत दिएका छन् ।
स्थानीय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेशले संवाद समूह र शान्ति समितिको सहकार्यमा जिल्लामा द्वन्द्व समाधानका लागि खेलेको भूमिका बारे मन्त्री ढकाललाई जानकारी गराएका थिए ।
छलफलमा संसाद मिलनकुमारी राजवंशी, फोरम लोकतान्त्रिकका अध्यक्ष भरतसिंह राजवंशी, परिवार दलका जिल्ला अध्यक्ष जीवन पनेरु, कांग्रेसका जिल्ला नेता लक्ष्मण खड्का, राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका सभापति रुपक खनाल, पत्रकार महासंघ झापाका सचिव एकराज गिरी,शान्ति समिति सचिव प्रवीणकुमार घोष लगायतले पनि धारणा राखेका थिए ।
कार्यक्रममा झापाको शान्तिको अवस्था, समाधान भएका द्वन्द्व, सम्भावित द्वन्द्व, जिल्लामा दलहरुको सहकार्य र संवादको संस्कार अनि सहमति बारे संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 479

प्रतिक्रिया (०)

सम्बन्धित खबर