Aamsanchar

  पन्ध्र जन्ती घाइते

Author Image
शनिवार, वैशाख ४, २०७३

चितवन, ४ वैशाख । बालाजुबाट जन्ती बोकेर गोरखातर्फ जान आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत दारेचोक गाविस–४, फिस्लिङमा आज बिहान दुर्घटना हुँदा बसमा सवार १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ३ ख ५३३० नंको बस राजमार्गमा बिहान १०ः४५ बजे पल्टिएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रामभक्त भट्टराईका अनुसार घाइतेमध्ये दुई जनालाई भरतपुरको चितवन मेडिकल कलेज र अन्यलाई काठमाडौँ पठाइएको छ । तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
राजमार्गमा पल्टिएको बस जुन दिसाबाट आएको हो दुर्घटनापछि सोही दिसातर्फ फर्किएर पल्टिएको छ । तीव्रगतिमा आएकाले यसरी बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ । दुलाहा अर्काे गाडीमा भएकाले सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर