Aamsanchar

युवतीको यौनशोषण गर्ने पक्राउ

Author Image
सोमवार, वैशाख ६, २०७३

बिर्तामोड,बैशाख ६ । इलाका प्रहरी कार्यालय सुनसरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

ललितपुर बुङमतिका २८ वर्षीय सुदम भन्ने कपिल जोशीलाई पक्राउ गरिएको डिएसपी ओम अधिकारीले जानकारी दिए। फेसबुकबाट फेक आईडी बनाएर विभिन्न महिलाहरुलाइ ललाइ फकाइ गरी, विभिन्न आश्वासन दिलाइ बिहे गर्छु भनि यौन तथा आर्थिक शोषण गरेको आरोपमा उनलाइ पक्राउ गरिएको उनले बताए।

पछिल्लो समय एक युवतीलाइ धरान बजारमा डाकी धरान स्थित भानु चौक स्थित खुस्वु होटल एण्ड लजमा लगी यौनशोषण गरी युवतीको साथमा भएको मोवाइल तथा सुनका गहनाहरु लिइ उनी भागेका थिए । ईलाका प्रहरी कार्यालय ईटहरी सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईटहरी १ स्थितमा लुकी छिपी बसेको अवस्थामा युवतीबाट लगेको दशीका सामान सहित उनलाइ पक्राउ गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर