Aamsanchar

नेपालकै ठूलो र उच्च प्रतिफल दिने सोलुखोला जलविद्यूतमा पूर्वेलीको लगानी

Author Image
बुधवार, वैशाख ८, २०७३

Picture3(2)
बिर्तामोड, बैशाख ८।
झापासहित पूर्वी नेपालका नागरिक जलविद्युत आयोजनामा लगानी गर्न आकर्षित भएका छन् । साहस उर्जा (प्रा.)लि.ले आफ्नो शतप्रतिशत लगानी रहने गरी निर्माण गर्न लागेको हाइड्रो भेञ्चर (प्रा.)लि.द्वारा प्रवद्र्धित ८६ मेघावाटको सोलुखोला(दुधकोशी) जलविद्यूत आयोजनामा लगानी गर्न यस क्षेत्रका सर्वसाधारण आकर्षित भएका हुन् ।
उक्त आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो र तथ्यांक अनुसार उच्च प्रतिफल दिने आयोजनाको रुपमा पहिचान भएको साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज काडेलले जानकारी दिए । काडेलका अनुसार ४ हजार जना भन्दा बढीले शेयर खरिद गरिसकेका छन् । त्यसमा अधिकांश पूर्वी नेपालका नागरिक रहेको बताइएको छ । झापाका मात्र ७ सय जना भन्दाबढी सर्वसाधारणले साहस ऊर्जाको हाइड्रो भेञ्चरद्वारा प्रवद्धित सोलु खोला जलविद्युत आयोजनामा लगानी गरेको साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले जानकारी दिए ।
कूल ११ अर्ब ८६ करोड रुपैयााको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । सहकारी संस्था, सहकारीकर्मी तथा अन्य सर्वसाधारणले शेयर खरिद गरिरहेको बताइएको छ । झापाको बिर्तामोड(चारपाने)स्थित सहारा नेपाल (साकोस) लगायत देशभरका ५० बढी सहकारीले समेत उक्त हाइड्रोमा लगानी गरेको बुझिएको छ । कम लगानीमा उच्च प्रतिफल दिने अनुमान गरिएको उक्त आयोजनाको शेयर सदस्य बनेर लगानी गर्ने अन्तिम समयसीमा वैशाख मसान्त तोकिएको छ । पूर्व क्षेत्रका लागि शेयर फारम संकलन केन्द्र सहारा नेपाल (साकोस) चारपानेलाई तोकिएको छ । सो अवधिमा साहस उर्जाले ३० प्रतिशत रकम जम्मा गर्नुपर्नेमा त्यो लगभग पूरा भइसकेको जनाइएको छ । ७० प्रतिशत लगानी बैंकले गर्नेछन् । त्यसका लागि जेठबाट सम्झौताको काम अघि बढ्ने सञ्चालक समितिले जनाएको छ ।
Picture9(3)
आयोजनाको मुख्य ड्याम(बााध) सोलुखुम्बुको कांगेल र तिङ्ला गाविसकोबीचमा पर्ने सोलुखोलामा रहनेछ । त्यहााबाट ४६ सय मिटर लामो टनेलमा छिराइएको पानी १६५५ मिटर लामो फलामे पाइप (पेनस्टोक) हुादै सोलुखुम्बुकै पञ्चन गाविसमा बनाइने पावर हाउसमा खसाइने छ । त्यहाा उत्पादित विद्युत सोलुकै तिङ्ला सवस्टेशन मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । पावर हाउसबाट तिङ्ला सवस्टेशनको दुरी १२ किलोमिटर मात्र रहेको छ ।
सन् २०२०को मार्चसम्ममा सोलुखोला जलविद्युत आयोजना निर्माण पूरा भई विद्युत उत्पादन शुरु गर्ने गरी साहस ऊर्जाले एक बर्षअघि नै सरकारसाग सम्झौता(पीपीए) गरिसकेको छ । तर त्यो भन्दा एक /डेढ बर्ष अगावै आयोजनाको निर्माण पूरा भई विद्युत उत्पादन हुने अध्यक्ष काडेलले बताए ।
अहिले बाटोको ट्रयाक खोल्ने, बाटो बनाउने लगायतका आधारभूत काम भइरहेको छ । असोजबाट काम दू्रत गतिमा अघि बढ्ने बताइएको छ । ०७० सालमा स्थापित साहस उर्जाले गुल्मीमा पााच मेघावाटको विद्युत आयोजना निर्माण पूरा गरी एक बर्षदेखि सञ्चालनमा ल्याइसकेको छ । निजी क्षेत्रको सक्रियतामा सामुदायिक तथा सहकारी तहमा साझेदारी (पीपीसीपी) अवधारणा अन्तर्गत बजारमा छरिएर रहेको पूाजीलाई एकत्रित गरी जलविद्युत उत्पादनमा लगाउने ध्येयका साथ साहस उर्जाले काम गरिरहेको सञ्चालकको भनाइ छ ।
‘सोलुखोला(दुधकोशी) जलविद्युत आयोजना निजी क्षेत्रबाट बन्न लागेको नेपालकै सबैभन्दा ठूलो आयोजना भएकोले यो झापासहित पूर्वेली मात्र होइन आम नेपालीको गौरबको आयोजना हो’– साहसका सञ्चालक सदस्य महेन्द्रकुमार गिरीले भने– यसले लगानीकर्तालाई उच्च प्रतिफल त दिने नै छ, मुलुकलाई ऊर्जा संकट मुक्त गर्न ठूलो योगदान पुर्‍याउनेछ ।’
563

निजी, समुदाय र सहकारीको सहकार्यमा जलविद्युत परियाजनाको सञ्चालन र विकास गर्ने उद्देश्यले आफूहरुले काम गरिरहेको बताउादै साहस उर्जा सञ्चालक समिति अध्यक्ष हिमप्रसाद पाठकले भने– ‘प्रतिफलको सुनिश्चितता गर्दै मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुर्‍याउनेछौं ।’
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा पूर्व सांसद डा. डिल्लीराज खनाल र पूर्व अर्थसचिव रामेश्वर खनाल मुख्य सल्लाहकार रहेको साहस उर्जाको सञ्चालकमा पाठक, काडेल र गिरी सहित परितोष पौड्याल, भोजबहादुर साह, मुक्तिराम पाण्डे र जिज्ञासा सुवेदी रहेका छन् । सञ्चालक सबै उर्जा, सहकारी, वैंकिङ, शिक्षा, पर्यटन, इञ्जिनियरिङ क्षेत्रका अनुभवी र अब्बल मानिन्छन् ।
साहस उर्जा प्रा. लि.को दोस्रो साधरण सभा गत चैत २५ गते काठमाडौंमा सम्पन्न भएको छ । साहस ऊर्जाका सञ्चालक सदस्य एवम् हाइड्रो भेञ्चरका अध्यक्ष मीनराज राष्ट्रिय सहकारी संघ केन्द्रीय समितिका उपाध्यक्ष समेत हुन् । उनी वचत तथा रिण सहकारी संघ केन्द्रीय समितिका पूर्व अध्यक्ष पनि हुन् ।

565

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 233

प्रतिक्रिया (०)

सम्बन्धित खबर