Aamsanchar

१६० जनालाई ठगी गर्ने दुई पक्राउ

Author Image
बिहिवार, वैशाख ९, २०७३

राजविराज, ९ वैशाख । सप्तरीसहित विभिन्न जिल्लामा करिब १६० जना सर्वसाधारणबाट ठगी गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–३ स्थित भडाहा गाउँको मुसहर बस्तीमा कुबेत देशको सहयोगमा मुस्लिम सुकुम्बासी आयोग केन्द्र काठमाडौँमार्फत घर बनाइदिने भन्दै सर्वसाधारणसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले रङ्गेहात दुईजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो ।
पक्राउ पर्नेमा सप्तरीको वकधुवा गाविस–७ का ४१ वर्षीय मो. मन्जुर आलम र सोही ठाउँका ३६ वर्षीय मो. याकुव मियाँ रहेका छन् ।
उनीहरुबाट पासपोर्ट साइजको दुई÷दुई थान फोटो र घर बनाउने दुईवटा घरको चित्रसहित सादा पानामा भरिदिएको फाराम तथा ठगी गरेको रु २७ हजार बरामद गरिएको प्रहरी निरीक्षक महतले जानकारी दिनुभयो ।
दुुवैजनाले कञ्चनरुप नगरपालिका–३ भडाहा गाउँका ६३ वर्षीय दुखनी देवी सदासहित १६० जनासँग विभिन्न शीर्षकमा करिब रु दुई लाख ५० हजारभन्दा बढी ठगी गरेको बताइन्छ ।
पक्राउ परेका दुवैजनाविरुद्ध ठगी मुद्दा चलाइएको प्रहरीले बताएको छ ।
यसैबीच लुटपाटलगायतका अभियोगमा विगत १८ वर्षदेखि फरार रहेका प्रसवनी गाविस–५ का ४५ वर्षीय इन्द्र सदा मुसहरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सदालाई आजै जिल्ला अदालतमा हाजिर गराइँदै छ ।
सदालाई २०५५ भदौ २३ गते जिल्ला अदालत राजविराजले लुटपाटलगायतका अभियोगमा एक महिना कैद र रु एक हजार जरिवाना गरेको थियो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर