Aamsanchar

कपाल रोप्न सुरु,प्रति कपाल ६० रुपैया

Author Image
बिहिवार, वैशाख ९, २०७३

kapal
बनेपा, ९ वैशाख । काभ्रेपलाञ्चोकको धुलिखेलमा आजदेखि कपाल प्रत्यारोपणसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु भएको छ ।
नेपालभरका ३० जना छाला तथा चर्मरोग विशेषज्ञहरुको सहभागिता रहेको उक्त गोष्ठीमा कपाल प्रत्यारोपण विधिबारे छलफल गरिनाका साथै सैद्धान्तिक र व्यावहारिक ज्ञान दिइने छ ।
तालुपना तथा कपाल खुइलिने समस्यालाई ध्यानमा राखेर धुलिखेल अस्पतालले विगत छ महिनाको अवधिमा करिब ६० जनामा कपाल प्रत्यारोपण गरेको छाला तथा चर्मरोग विशेषज्ञ डा धर्मेन्द्र कर्णले जानकारी दिनुभयो ।
एक व्यक्तिमा कम्तीमा ५०० देखि तीन हजार ५०० वटासम्म रांै प्रत्यारोपण गरिनुपर्ने र प्रति रौँ रोपणका मूल्य रु ६० पर्ने उहाँको भनाइ छ ।
कपाल बढी भएको ठाउँबाट एक–एक गरी निकालेर नभएको ठाउँमा रोपिने ९एफयुटी० विधि र टाउको पछाडिको कपाल छालैसमेत काटेर निकाली नभएको ठाउँमा रोपिने ९एफयुई० विधिमार्फत कपाल प्रत्यारोपण गरिन्छ ।
डा कर्णले कपालको प्रत्यारोपण छाला रोग विशेषज्ञले मात्रै गर्नुपर्ने र प्रत्यारोपणबाट झन्डै चार महिनाको अवधिमा सन्तोषजनक परिणाम आउने बताउनुभयो ।
उहाँका अनुसार रौँमात्रै निकालेर गरिने कपाल प्रत्यारोपण प्रविधिबाट कुनै खराव असर हुँदैन र प्रत्यारोपणपछि औषधि खानुपर्ने झन्झट पनि रहँदैन । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर