Aamsanchar

झापामा निर्वाचन क्षेत्र विकासका लागि दश करोड ३४ लाख

Author Image
बिहिवार, वैशाख ९, २०७३

भद्रपुर, ९ वैशाख । झापा जिल्लामा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत १०५ वटा योजनाका लागि कुल रु १० करोड ३४ लाख २५ हजार विनियोजन गरेको जिल्ला विकास समितिले जनाएको छ ।
चालु आर्थिक वर्ष भित्रमा सम्पन्न गर्ने गरी विनियोजन भएको योजनामा अहिलेसम्ममा छवटा योजनामात्र सम्पन्न भएको योजना शाखाका डिल्ली नेपालले जानकारी दिनुभयो ।
विनियोजित रकमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १५÷१५ वटा र प्रत्येक क्षेत्रका लागि रु एक करोड ४७ लाख ७५ हजार विनियोजन भएको बताइएको छ ।
स्थानीय विकास अधिकारी खेमराज ओझाले जिल्लाको विकासमा सन्तुलन कायम गर्न समान रुपले योजना र बजेटको व्यवस्था गरिएकाले कसैले पनि गुनासो नगर्ने बताउनु भयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 35

प्रतिक्रिया (०)

सम्बन्धित खबर