Aamsanchar

झापामा भ्रष्टाचार शुद्धिकरण

Author Image
मङ्गलवार, वैशाख २१, २०७३
CDOlaii Gyapan Patra Bujaidai
झापा, । बागेश्वरी असल शासन क्लब (बास), जिल्ला शाखा झापाले सोमबार जिल्लामा भ्रष्टचारको नियन्त्रण गर्नका लागि खबरदारी गर्दै ११ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय कार्यालयको सर्कुलर अनुसार देशव्यापी रुपमा गरिएको यस अभियान अन्तरगत झापामा सचेतनामूलक र्यालीसहित ज्ञापन पत्र बुझाइएको हो ।
जिल्ला शाखाको तर्फबाट अध्यक्ष राजेन्द्र खनाल र सदस्य गौरव पोखरेलले झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रमा जिल्लामा भइरहेका सबै किसिमका भ्रष्टाचारहरुको नियन्त्रण गरियोस्, सरकारी साधनहरुको दुरुपयोगमा रोक लगाइयोस्, नियमित रुपमा सार्वजनिक सुनुवाई गरियोस्, भ्रष्टाचार बिरुद्धका उजुरीहरुको सुनुवाई तत्काल गरियोस् लगायतका बुँदाहरु छन् । त्यस्तै, हरेक सरकारी कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोक्ने व्यवस्था
मिलाउन पनि आग्रह गरिएको सचिव सिर्जना घिमिरेले जानकारी दिइन् ।
Ryally
बिना झण्झट आवश्यक सूचना र सेवा सर्वसाधारणलाई उपलब्ध गराउनु पर्ने, असल कार्य गर्ने कर्मचारीलाई प्रोत्साहित र गलत कार्य गर्ने कर्मचारीलाई दण्डित गरिनुपर्ने,  सूचनाको हक सम्बन्धिको ऐन र सुशासन ऐन अक्षरशः पालना गरिनु पर्ने, जिल्लामा हुने भ्रष्टाचार नियन्त्रणका लागि अनुगमन तत्काल थालिनु पर्ने लगायतका मागहरु समेत गरिएको छ ।
ज्ञापन पत्र बुझाइएपछि निकालिएको र्याली जिल्लाको विभिन्न सरकारी कार्यालयमा पनि पुगेको थियो । संस्थाकी सदस्य सुस्मिता पोखरेलका अनुसार बिगत १५ वर्षदेखि सामाजिक रुपान्तरणका लागि क्रियाशिल गैर सरकारी संस्था ‘बास’ ले समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका बिरुद्ध शसक्त रुपमा वकालत गर्दै आएको छ ।
हाल यसका ६६ जिल्लामा शाखा छन् भने १ सय बढी उपशाखा र २० ईकाई समिति छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर