Aamsanchar

कट्टीले काटेको १८ घण्टापछि हात जोड्न सफल

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

from santosh 5
बिर्तामोड, वैशाख २१ । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औंला छिनेको १८ घण्टा पछि जोड्न सफल भएको छ ।
दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको हातको औंला जोडएको सोमवार हस्पिटलमा पत्रकार भेटघाटमा जानकारी दिइयो ।
उहााको ‘हात जिवित हुने आशा थिएन’ तर पनि प्रयास गर्नुपर्छ भन्ने दृढ अठोट गरेर हामीले काम शुरु गर्‍यौ – वीएण्ड सी टिचिङ हस्पिटल एण्ड रिर्सज सेन्टरका वरिष्ठ अर्थाेपेडिक सर्जन डा निराजन पराजुलीले भन्नुभयो । पााचथरको ओयाम निवासी ४५ वर्षीया देवीमायाा डाागीको वैशाख १४ गते मंगलवार राति देव्रे हातको नाडी र तीन वटा औंला श्रीमानले कत्तीले काटेर छिनाइदिएपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारका लागि अस्पताल ल्याइएकी डाागीले स्वास्थ्य लाभ गरेपछि उनको स्वास्थ्य अवस्था र काटिएको हात देखाउादै उपचारमा संम्लग्न चिकित्सक पराजुलीले भननुभयो–सामान्यतया हात छिनेको ८ घण्टासम्ममा हातलाई जोडेर जिवित पार्न सकिन्छ तर उहााको १८ घण्टापछि पनि हामीले हातलाई जिवित फर्काउन सक्यौं यो नै हाम्रालागि सबैभन्दा खुशीको कुरा हो ।
डाागीको हात जोडिएको प्रति चिकित्सक त खुशी देखिन्थे नै त्यो भन्दा धेरै खुशी देखिन्थे उनी र उनका परिवार । देवीमायाको हात जोडिनुको त के कुरा वाच्छिन् जस्तो नै लागेको थिएन हामीलाई देवीमायाका दाजु जगत बाग्लेले भन्नुभयो – ‘अबस्था नाजुक थियो, अस्पताल पुग्ने हो कि होइन चिन्ता पनि त्यस्तै थियो ।’ धन्न दुर्गा सरले यस्तो उपकरण ल्याउनुभएको रहेछ कि जसका कारण आज उनी वाच्न सफल भइन, उनलाई वचाइदिएकोमा डाक्टर र दुर्गा सरलाई लाखौं लाख धन्यवाद दिन्छौं जगतले भन्नुभयो ।
मानसिक सन्तुलन गुमाएका देवीमायाका श्रीमान् राजेन्द्र प्रसाद डाागीले उनको देव्रे हातको नाडी र तीनवटा औंला छिन्ने गरी कत्तिले काटेको र छालाले मात्रै उनको हात अडिएको थियो उनका दाजु जगतले भन्नुभयो ।
९ जनाको चिकित्सको टोलीले अत्याधुनिक प्रविधि र लामो मेहनत पछि उनको हातलाई जिवित बनाउन सफल भएको अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले भन्नुभयो । यस अघिपनि सोही हस्पिटलले यस्ते प्कारको उपचार गरेको थियो । जुन यो जस्तो जटिल थिएन तर पनि प्रकृति भने उस्तै थियो अस्पतालका कार्यकारी निर्देशक प्रसाईले भन्नुभयो ।
अस्पताल परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै उपचार अर्थाेपेडिक सर्जन पराजुली सहित एनेस्थेसियोलोजिष्ट डा राजु श्रेष्ठ, अर्थाेपेडिक सर्जन डा ओमप्रकाश चौधरी लगायतको टिमले देवीमायाको उपचार गरेको जानकारी दिइयो । पत्रकार सम्मेलनमा वीएण्डसी टिचिङ हस्पिटलले जटिल प्रकारको व्रेन ट्युमरदेखि यसखाले जटिल प्रकारका शल्यक्रियापनि सहजै गर्दै आएको जनाइएको थियो ।
अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले सञ्चालन गरेको पत्रकार सम्मेलनका अस्पतालले दिने सेवाका विषयमा र विरामीको स्वास्थ्य अवस्थाको विषयमा डा उमेशकुमार शर्माले जानकारी गराएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)