Aamsanchar

झापाली चेलीलाई यूएईमा सहयोग

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

11
[आरपी सहयात्री/शेषराज न्यौपाने ]
अबुधाबी–
रोजगारीको क्रममा समस्यामा परी नेपाली दूतावास, अबुधाबीको शरणमा पुगेकी झापाली चेली सीता गिरीलाई झापाली समाज, यूएईले फिर्ती टिकट बराबरको रकम प्रदान गरेको छ । करिब एक महिना देखि दूतावासको सेल्टरमा बस्दै आएकी गिरीलाई झापाली समाजको मूल कोषबाट १ हजार २ सय दिराम्स प्रदान गरिएको समाजका कोषाध्यक्ष दुर्गेस सापकोटाले बताए ।
झापाली समाज,यूएई र नेपाली दूताबास अबुधाबीबीच यस अघिनै विपतमा परेका नेपालीहरुको सहयोग गर्ने अनौपचारिक सम्झौता भएअनुरुप पहिलो चरणको सहयोग अभियान प्रारम्भ भएको समाजका कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले जानकारी दिए ।
मे २ तारिख सोमबारका दिन समाजका केन्द्रीय सदस्य हरि कट्वाल, अबुधाबी क्षेत्रीय अध्यक्ष होमनाथ अधिकारीको उपस्थितिमा नेपाली दूतावासकी श्रम सहचरी हिरा यादवको कार्यक्रक्षमा उक्त रकम पीडित चेलीलाई हस्तान्तरण गरिएको हो । झापाली चेलीबेटी समूहको सक्रियतामा संकलित ३ सय ७० दिराम्स र दैनिक उपभोग्य सामग्रीहरु पनि पीडित गिरीलाई प्रदान गरिएको चेलीबेटी समूहकी निरु पाण्डे खरेलले जानकारी दिएकी छिन् ।
झापा बाहुनडाँगी निवासी गिरीले अबुधाबीको एक क्लिनिङ कम्पनीमा आए पनि ८ महिना सम्म घरेलुु काममा लगाइएको र काम गरेको पैसा समेत नदिएको बताइन् । पछि काम छोडेर अन्यत्रै तीन महिना काम गरेको  त्यहाँ पनि साहुले पैसा नदिएपछि दूतावासको शरणमा पुगेकी थिइन् ।
उनलाई झापाली समाज युएई र चेलीबेटी समूहको पहलमा एक कार्यक्रमबीच घरसम्म पुग्नको लागि टिकट खर्च सहित आवश्यक नगद र केही लत्ताकपडा र आवश्यक सरसामान वितरण गरिएको झापाली समाज युएईका महासचिव टेकनाथ अधिकारीले बताए । राहत वितरण कार्यक्रममा झापाली समाजका अबुधाबी क्षेत्रीय अध्यक्ष हिमाल अधिकारी तथा केन्द्रीय सदस्य हरि कट्वाल र दूताबासका श्रम सहचरी हिरा यादव साथमा अन्य ब्यक्तित्वहरुको उपस्थिति थियो ।
नेपाली दूतावासको सेल्टरमा रहेकी झापाली चेलीले विदेश आउँदा आफूले अत्यन्तै दुःख पाएको हुनाले जो कोही नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई विदेश आउँदा आपूmले काम गर्ने कम्पनी राम्रोसँग बुभेर आउन सुझाव दिएकी छन् । विदेशमा आएपछि भागेर अन्तै काम गर्न गए झनै दुःख पाइने र आपूmले पनि त्यो दुख भोगेको जानकारी दिँदै अरु चेलीबेटीहरुलाई आफ्नो स्पोन्सर या कम्पनीबाट नभाग्न आग्रह गरेकी छन् ।
त्यस्तै उनले झापाली समाज युएई र चेलिबेटी समूहलाइ विशेष धन्यवाद दिँदै झापाली समाज र चेलीबेटी समुहको योगदान जीवनभरि नभुल्ने प्रतिक्रिया दिएकी छिन् । उनले आफूलाई सहयोग गर्ने सबै दाताहरुलाई धन्दयाद दिँदै नेपाल गएर पनि झापाली समाजको उत्तरउत्तर प्रगतिको कामना गर्ने बताएकी छिन् ।
गिरीसँगै समस्यामा परेका अन्य चार जना नेपाली चेलीहरुको कागजात संकलन गरी अध्यागमन पास गराउन दूतावास सक्रिय रहेको श्रम सहचरी हिरा यादवले बताएकी छिन् । अन्य चार नेपाली चेलीहरुको फिर्तीका लागि सहयोग गर्न एनआरएन लगायत अन्य सामाजिक संस्थाहरु इच्छुक देखिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर