Aamsanchar

वनै खायो डढेलोले……

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

da

पोखरा, २१ वैशाख । लामो समयसम्म पानी नपरी खडेरी बढिरहेको अवस्थामा कास्की जिल्लामा ५० हेक्टरभन्दा बढी वन डढेलाका कारण प्रभावित भएको छ ।

जिल्लाका पञ्चासे, सितुमकसेरी, रानीवन, लामाचौर लगायत वनमा डढेलाले धेरै प्रभाव पारेको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलो न्यूनीकरणका लागि स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिए पनि डढेलो लाग्ने क्रम रोकिएको छैन । कार्यालय अन्तर्गतका आठ इलाका कार्यालय मार्फत पनि डढेलो न्यूनीकरणका लागि प्रयास भइरहेको छ ।

लामो समयसम्म पानी नपरेको र डढेलो लाग्ने क्रम बढिरहेका कारण कास्की र आसपासका क्षेत्रमा तुवाँलो बाक्लिदै जाने क्रम पनि बढेको छ । तुवाँलोका कारण पोखराको हवाई यातायात सेवाका साथै यहाँको साहसिक पर्यटनका रुपमा प्रसिद्ध प्याराग्लाइडिङ पनि प्रत्यक्ष प्रभावित हुँदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)