Aamsanchar

कनकाईलाई झापाली समाज अष्ट्रेलियाद्वारा सहयोग

Author Image
शुक्रवार, वैशाख २४, २०७३

13177446_1080617618663895_6415280760396984444_n

सुरुङ्गा, बैशाख २४। कनकाई उच्च मावि सुरुङ्गालाई झापाली समाज अष्ट्रेलियाद्वारा आर्थिक सहयोग गरिएको छ ।
विद्यालयमा रहेको पुस्तकालयलाई सुविधासम्पन्न बनाई ई–लाइब्रेरीमा परिणत गर्न झापाली समाज अष्ट्रेलियाका तर्फबाट १ लाख र एनआरएन अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार पोखरेलले व्यक्तिगत १ लाख गरी २ लाख रूपैयाा प्रदान गरियो । पोखरेलले एक कार्यक्रमकाबीच उक्त रकम विद्यालयका प्राचार्य आशा शर्मा शिवाकोटीलाई हस्तान्तरण गरे । पोखरेल विद्यालयका पूर्व विद्यार्थी एवम् विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य समेत हुन् ।
झापाली समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवम् चलचित्र निर्माता पोखरेलले विद्यालयमा ई–लाइब्रेरी स्थापना गर्न भविष्यमा पनि सहयोग गर्न तयार रहेको बताए । उनले आफ्नो मुलुक र आफू पढेको विद्यालयतर्फ फर्केर केही न केही योगदान गर्न विद्यालयले नै संस्कार दिएको बताए ।
सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष युवा समाजसेवी कुमारमणि पोखरेल, विद्यालयका पूर्व विद्यार्थी नगेन्द्र घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू यदुनाथ अधिकारी, कवि प्रसाईं, लक्ष्मीप्रसाद संग्रौला, नरेन्द्रप्रसाद खरेल, पीटीए अध्यक्ष राजेन्द्र मैनाली लगायतको आतिथ्य रहेको थियो ।
सहप्राचार्य निर्मलकुमार खतिवडाले स्वागत गरेको कार्यक्रममा प्राचार्य आशा शर्मा शिवाकोटीको अध्यक्षता रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका पुस्तकालय समितिका संयोजक तीर्थराज खरेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर