Aamsanchar

छिनेको हात जेड्ने र घुडा फेर्ने डाक्टर

Author Image
शुक्रवार, वैशाख २४, २०७३

dr1
डाक्टर निराजन पराजुली (बरिष्ठ अर्थोपेडिक सर्जन) अहिले काटिएर छुटिएको हात तथा औंला जोड्न र घुाडा फेर्ने सफल डाक्टरको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चित छन् । वी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर बिर्तामोडमा एक बर्षदेखि सेवा पुर्‍याउादै आएका उनले अघिल्लो साता पााचथर ओयामकी देवीमाया डाागीको देब्रो हातको नाडी र तीन वटा औंला छिनेको १८ घण्टापछि शल्यक्रियामार्फत सफल रूपमा जोडेका छन् । त्यसअघि गत पुसको अन्तिम सातामा उनी बुधवारे–१ होक्सेका हर्कबहादुर सुब्बाको छिनेको नाडी समेत जोड्न सफल भए । उनले खिइएर चल्न नसक्ने र काम नगर्ने घुाडामा शल्यक्रियामार्फत स्टीलको पाङ्ग्रा हालेर चल्न सक्ने पनि बनाउादै आएका छन् । पहिलोपटक छुट्टिएको हात जोड्दा प्रधानमन्त्री केपी शर्मा ओलीबाट समेत बधाई र धन्यवाद पाएका थिए उनले । त्यस क्षण आफूलाई अत्यन्त खुशी लागेको, कामको मूल्यांकन भएको र जटिल कामलाई सही ढंगले बुझिदिएको उनको प्रतिक्रिया छ ।

996161_10200941636690613_1861932529_n
काटिएर छुट्टिएको हात जोड्ने तथा खिइएको घुाडा फेर्ने घटनाका ती केही उदाहरण मात्र हुन् । डा. निराजन वी एण्ड सीमा आएपछि हार्डजोर्नी सम्बन्धी ११०० भन्दा बढी शल्यक्रिया गर्न सफल भएका छन् । उनले २० हजारको हाराहारीमा विरामीलाई सेवा पुर्‍याइसकेका छन् । पहिले काटिएर छुट्टिएको हात तथा औंला जोड्ने प्रविधि काठमाडौंमा मात्र रहेको तर वी एण्ड सीले पहिलोपटक भित्र्याएको प्रविधिमार्फत यस्तो काम सफल भएको उनको भनाइ छ । त्यस्तो उपचार सफल हुनुमा उनी तीन कारण रहेको बताउाछन् । पहिलो आफ्नो दक्षता, अनुभव र प्राप्त तालिम, दोस्रो अत्याधुनिक माइक्रोस्कोप र तेस्रो माइक्रो सर्जिकल सेटमार्फत त्यस्तो उपचार सम्भव रहेको उनको भनाइ छ ।
माइक्रोस्कोपले २० गुणा ठूलो देखिने हुादा स–साना सेलको पनि ख्याल गर्न सजिलो हुने बताइन्छ ।
वी एण्ड सीले अत्याधुनिक प्रविधिको माइक्रोस्कोप ३ करोड रूपैयाामा खरिद गरी ल्याएपछि उक्त उपचार सम्भव भएको कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । मेडिकल डाइरेक्टर उमेशकुमार शर्माले थपे –‘अहिले काठमाडौंमा पनि छैन यो अत्याधुनिक प्रविधि ।’ प्रविधि भए जस्तोसुकै जटिल उपचारमा पनि चिकित्सक सक्षम छन् भन्ने पुष्टि भएको पनि उनले सुनाए ।
त्यसरी जोडिएको हात ठीकसागले रगत पास भई चलेको छ छैन भनेर भिडियो एक्स–रे गरेर हेर्ने प्रविधि पनि वी एण्ड सीमा उपलब्ध छ । शरीरको हातखुट्टा जस्ता अंग काटिएको, छुट्टिएको ६देखि ८ घण्टाभित्र हस्पिटल ल्याइपुर्‍याए जोड्न मिल्ने र बचाउन सकिने डा. निराजनले बताए । उक्त अवधिमा सेल जीवितै हुने र त्यसपछि भने कोशिस मात्र गर्न सकिने उनले बताए । त्यसरी जोडिएको हातले ७० प्रतिशत काम गर्न सक्ने बताइन्छ ।
‘छुट्टिएको अंग प्रिजर्भ गरेर १२ घण्टासम्म ल्याए पनि उपचार सम्भव छ, छुट्टिएको अंग पानीमा डुबाउन चाहिा हुादैन’– डा. निराजनले यदि त्यसो भएमा गर्नु पर्ने कार्य सुझाए– ‘छुट्टिएको अंग प्लाष्टिकले बेरेर वरिपरि आइस राखेर चिसो बनाएर हस्पिटल पुर्‍याउनु पर्छ तर त्यो अंगमा आइस सोझै चाहिा पर्न दिनुहुन्न ।’ तर पााचथर ओयामकी ५० बर्षीया देवीमाया डाागीको हात १८ घण्टा पछािड जोडिएर काम गर्छ भन्ने उनलाई लागेको थिएन रे । एकपटक कोशिस गरेर हेर्‍यौं भनेर गरेको मेहेनत र उपचार सफल भएकोमा उनी पनि दंग छन् ।
वी एण्ड सीले घुाडा खिएको, घुाडा दुख्ने विरामीका लागि घुाडा फेर्ने उपचार पद्धति पनि भर्खरै शुरु गरेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । घुाडामा स्टील र प्लाष्टिकको पाङ्ग्रा लगाएर गरिने उपचारपछि १५ वर्षसम्म कुनै समस्या नआउने र त्यसपछि फेरि प्लाष्टिक चाहिा अर्को फेर्दा अरु १५ वर्षसम्म ढुक्क हुन सकिने डा. निराजनको भनाइ छ ।
काठमाडौं युर्निभरसिटी अन्तर्गत वी एण्ड वी हस्पिटलमा डा. अशोककुमार वास्कोटाको मातहतमा रहेर अर्थोपेडिकमा एमएस गरेका उनी अत्याधुनिक प्रविधिको प्रयोग र जटिल उपचारलाई सहज रूपमा सम्भव बनाउन प्रयत्नशील भेटिन्छन् । उनी अध्ययनमा पनि उत्तिकै रुची राख्छन् । प्रत्येक बर्ष फेलोसिपी कुनै न कुनै मुलुकमा आफ्नो क्षमता र प्रविधिलाई अपग्रेड गर्न उनी विभिन्न मुलुक पुग्दै आएका छन् । उनले एमएस उपाधिपछि भारत तमिलनाडूको गंगा हस्पिटलमा तीन महिनासम्म माइक्रोभास्कुलर एण्ड रिकन्स्ट्रक्टिक सर्जरीमा फेलोसिप अध्ययन पूरा गरे । सुपर स्पेसालिटीका लागि उनी सदैव अग्रसर देखिन्छन् । त्यही विषयमा उनले बैंककको श्रीराज हस्टिपलमा एक महिना तालिम लिएका छन् । त्यस्तै हड्डीको फ्याक्चर सम्बन्धी विशेष उपचारमा दक्षता हासिल गर्न सिंगापुरमा ‘ट्रमा’को एक महिने फेलोसिप पनि पूरा गरेका छन् । ट्रमा मै उनले जर्मनी पुगेर दुई महिना तालिम पनि लिए । अवसर मिले अझै स्पेसालिटीका लागि अग्रसर हुने बताउने उनी अहिले भने विरामीको सेवामा व्यस्त छन् ।
उनले हेर्ने विरामी मध्ये बढी दुर्घटनाका कारण घाइते भएकाहरू हुन्छन् । ‘सायद यो हाइवे एरिया र ट्राफिक नियमको व्यापक उल्लंघनका कारणले होला’– उनले भने– ‘घुाडा खिइने र डाढमा नशा च्यापिने समस्याका विरामी पनि उत्तिकै आउाछन् ।’ डाक्टर, नर्स र हस्पिटल व्यवस्थापनको सही सहकार्यले मात्र विरामीले सफल उपचार पाउनु र हस्पिटल पनि सफल हुने उनको अनुभव छ । त्यो मानेमा वी एण्ड सी सफल रहेको उनी बताउाछन् । वी एण्ड सी स्थापनापछि मेची अञ्चलका विरामीलाई धेरै सुविधा पुगेको उनको अनुभव छ । तर, राजधानीको तुलनामा यहाा चिकित्सकले बढी मेहेनत गर्नुपर्ने र उपचारमा आवश्यक सामग्री जुटाउन केही समय र चुनौति व्यहोर्नुपर्ने अवस्था रहेको डा. निराजन बताउाछन् । ‘मेहेनत बढी गर्नुपर्छ तर, हरेस भने खानुहुादैन’– उनले भने– ‘मेहेनत गर्न सकिन्छ गर्दा सफलता प्राप्त हुन्छ ।’
काठमाडौं युनिभर्सिटी हस्पिटल धुलीखेलमा सात बर्ष काम गरेका उनले पोखराको मनिपाल कलेजबाट एमवीवीएस गरेका हुन् । भारतको आन्ध्र प्रदेशबाट +२ पूरा गरेका उनले कक्षा ३देखि एसएलसीसम्मको अध्ययन भने सिद्धार्थ बनस्थलीमा गरे । पिता सरकारी सेवामा रहेकाले उनको पढाइ पनि विभिन्न ठाउामा भयो । पिता रामप्रसाद कलकत्ताको महावाणिज्य दूत हुादा उनले १ कक्षासम्म त्यहाा पढे भने २ कक्षा दार्जीलिङमा । हाल स्व. उनका पिता सामान्य प्रशासन मन्त्रालयका निर्देशक पनि भएका थिए । काठमाडौंको हााडीगाउा–५मा जन्मिएका उनका माता गिरिजा पराजुली हाल काठमाडौंमै बस्दै आएकी छिन् । दाजु व्यापार र भाइ इञ्जिनियर (अमेरिका)मा छन् भने उनका परिवार चाहिा स्वास्थ्य सेवामा समर्पित छ । श्रीमती डा. स्वेता शर्मा फिजियोलोजीमा एमवीवीएस गरी अहिले मास्टरको तयारीमा छिन् । उनीहरूका सात बर्षीया छोरा निशान्त रहेका छन् ।
विरामीको उपचारमा गम्भीर रूपमा लागीपर्ने र उनीहरूका कुरा ध्यानपूर्वक सुन्ने सरल, नम्र र मिजासिला डा. निराजन भरिसक्ये जीवनमा हस्पिटल पुग्नुपर्ने अवस्था नआओस् भन्नका लागि सल्लाह पनि दिन्छन् । उनी दुर्घटनाका कारण धेरैले ज्यान गुमाइरहेको र कतिपय अपाङ्ग भएर बस्नुपर्ने अवस्था बारे सम्झाउादै सर्तक भएर सवारी चलाउन, ध्यान दिएर बाटो काट्न र सवारीको गति कम गर्न सल्लाह दिन्छन् । ट्राफिक नियम कडाईका साथ पालना गर्नुपर्ने र दुर्घटना बारे सचेत गराउने साइन बोर्ड हाइवेमा प्रशस्तै राख्नुपर्ने पनि उनको सुझाव छ । त्यस्तै बढी उकालो–उरालो हिंड्दा तथा पलेंटी मारेर र टुक्रुक्क बस्ने हाम्रो बाध्यता र शैलीले घुाडा खिइने समस्या आउने बताउादै उनी त्यस्तो बानीलाई घटाउन सल्लाह दिन्छन् । त्यस्तै निहुरिएर काम गर्दा ढाडको हड्डी खिइएर कुर्कुरे हाड चिप्लिएर नशा च्यापिने समस्या आउने गरेकोले त्यसतर्फ पनि समयमै ध्यान दिनुपर्ने उनी बताउाछन् । सानैदेखि बालबालिकालाई विदेशमा झैं व्यायाम गर्ने बानी बसाउने हो भने मेरुदण्डको हड्डी खिइने र नशा च्यापिने समस्या कम हुने डा. निराजनको भनाइ छ । अहिले बालबालिका, प्रौढ होस् या त बृद्धबृद्धा सबै ओछ्यानमा बसेर पढ्ने, कुप्रिएर ल्याप्टप, ट्याव र मोवाइलबाट फेसबुक चलाउने र अन्य काम गर्ने कुर्सीमा बस्दा पनि ठीक पोजिसनमा नबस्ने कारणले गर्दा धेरैमा ढाड, घुाडा र हार्डजोर्नीको समस्या देखिएको उनको भनाइ छ । त्यसैले ओछ्यान र अन्यत्र होइन, कुर्सीमा ढाड सिधा पारेर सही ढंगले बस्नुपर्ने उनको सुझाव छ । ढाडमा डोको र टाउकोमा नाम्लो लगाएर क्षमताभन्दा बढी तौल बोक्ने बानीले पनि हार्डजोर्नीको समस्या ल्याउने गरेको भन्ने उनी त्यसलाई पनि घटाएर लैजानुपर्ने बताउाछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर