Aamsanchar

हजुरआमा नै पोइला गएपछि……

Author Image
शुक्रवार, वैशाख २४, २०७३

hajur
बिर्तामोड, बैशाख २४ । दुई छोरी एक छोरा र एक नातिकी हजुरआमा पोइला गएकी छिन् । यो खबर झापाको हो ।
चकचकी गाविस–५ राजवान निवासी ३७ वर्षीया निर्मला खनाल सोही गाविस–४ निवासी ५० वर्षीय सन्तवीर राजवंशीसाग पोइला गएकी हुन् । राजवंशी पनि हजुरबुबा हुन् । उनका पनि २ छोरा, २ छोरी, ४ नातिनातिना छन् ।
खनालका श्रीमान् वैदेशिक रोगजारीका सिलसिलामा मलेसिया गएका थिए । सोही समयदेखि उनको र राजवंशीको प्रेम सम्बन्ध झाङ्गिएपछि उनीहरू ९ दिन अघि भागेको गोपाल सुवेदीले बताए । सुवेदी निर्मलाका नातामा भिनाजु हुन् । सुवेदीले भने–‘ साली झण्डै साढे दशलाख रूपैयाा लिएर राजवंशीसाग पोइला गइछन् ।’
खनालका श्रीमान् मलेसियाबाट गत फागुन महिनामा मात्रै घर फर्किएका थिए । श्रीमान् देवी खनाल घर फर्किएपछि राजवंशीको र निर्मलाको सम्बन्ध झन् बढ्दै गएको र उनीहरू भागेको बताइएको छ । राजवंशीले ती महिलालाई गत वैशाख १४ मंगलबार भगाएको बताइएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोड परिसरमा भेटिएका राजवंशीले भने– ‘हाम्रो मन मिल्यो अनि अस्ती मंगलबार हामी भाग्यौं ।’
राजवंशीकी श्रीमती पनि छिन् । उनकी श्रीमती ढुल्ढुली राजवंशी हुन् । राजवंशी र निर्मला भागेपछि उनका श्रीमान देवी खनालसहित निर्मलाका भिनाजु सुवेदीले इलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि घटना सार्वजनिक भएको हो । खनाल र राजवंशीलाई प्रहरीले बिहीबार छलफलमा राखेपछि यस्तो घटना सार्वजनिक भएको हो ।
यता उनकी जेठी छोरी हिमाले बुबाले विदेशबाट पठाएको ६ लाख ५० हजार रूपैयाा र विभिन्न समूहबाट ५ लाख १० हजार रूपैयाा लिएर आमा राजवंशीसाग पोइला गएको बताएकी छन् । आफू आमासागै भाइबहिनी लिएर बसेको र आफ्नो नानी पनि सागै रहेको हिमाले बताइन् । आमा हिाडेको नौ दिन भयो भन्दै उनले भनिन्– ‘हिाड्ने दिन पनि आमाले नौ हजार रूपैयाा लिएर हिाड्नुभयो तर समूहबाट यसअघि नै पैसा निकालेर लानु भएको रहेछ ।’
आमा र राजवंशी बीचको सम्बन्ध पहिला थाहा नभएको र आमा भागेपछि मात्र सबैकुरा थाहा पाएको उनले बताइन् । निर्मलाकी कान्छी छोरीले पनि आमाले पैसा लिएर राजवंशीसाग भागेको बताएकी छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडमा छलफल भइरहादा चकचकीका सयांै मानिस सहभागी थिए । स्थानीय राजनीतिक दलका प्रतिनिधिसहित सामाजिक अगुवाहरूको पनि त्यहाा उपस्थिति थियो । धेरैले यस्तो घटना पहिलोपटक सुनेको र देखेको बताएका थिए ।
यसैबीच निर्मलाका भिनाजु सुवेदीले पहिलादेखि नै उनीहरूसागै हिाडेको देखेपछि सालीलाई घरबार बिग्रिन्छ, यसरी नहिाड भन्दै सम्झाएको बताए । धेरैपटक सम्झाउादा पनि सालीले मानिनन्– सुवेदीले भने– ‘समूह तथा विदेशबाट श्रीमानले पठाएको गरेर साढे दशलाख रूपैयाा लिएर उनी राजवंशीसाग पोइला गइछन् ।’
यता निर्मलाले आफूले त्यत्रो पैसा नलगेको दावी गरेकी छन् । उनले– आफूले घर खर्च चलाउादा धेरै पैसा सकिएको र श्रीमानले पनि विदेशबाट पैसा नपठाएपछि आफूले समूहबाट ऋण लिएको बताइन् । उनले छलफलका क्रममा आफूले समूहबाट ऋण लिएको भने स्वीकारेकी छन् । राजवंशी र खनाल भागेर केही समय हेटौंडा बसेको बताइएको छ । प्रहरीले खोजी गरेपछि आफूहरू झापा आएको राजवंशीले बताए । निर्मलाले मलाई छोड्न सक्दिनन्, म पनि उनलाई छोड्न सक्दिना– राजवंशीले भने । उनले भने– ‘नहुनु हाम्रो बदनाम भइगयो अब हामी सागै बस्छौं ।’
यता इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको छलफलमा खनाल परिवारलाई ४ लाख ५२ हजार रूपैयाा फिर्ता गर्ने सहमति भएको नेपाली कांग्रेस चकचकीका सभापति ओमप्रकाश गौतमले जानकारी दिए ।
राजवंशी र निर्मलाले एक महिनाभित्र उक्त रकम फिर्ता गर्ने सहमति भएको गौतमको भनाइ छ । (पूर्वाञ्चल दैनिकमा प्रकाशित)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर