Aamsanchar

देवरले भाउजू मारे

Author Image
शनिवार, वैशाख २५, २०७३

images

लहान, २५ वैशाख । स्थानीयको कुटपिटबाट गएराति सिरहाको सिलौरापछवारी–८ खैरीटोलका एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया सागरदेवी यादव रहेको प्रहरीले जनाएको छ । स्थानीय दीपेन्द्र यादव, शैलेन्द्र यादव, सावित्री यादव, इन्द्रदेव यादव र सञ्जीत यादवलगायको कुटपिटबाट गम्भीर घाइते सागरदेवीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

दाजुभाइबीच भएको पुरानो रिसिइबीको निहुँमा देवर नाता पर्ने ती व्यक्तिले गएराति सागरदेवीलाई मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीको भनाइ छ । कुटपिटमा संलग्न पाँचै जना फरार भएकाले खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर