Aamsanchar

मेचीनगरमा हात्ती मऱ्यो

Author Image
शनिवार, वैशाख २५, २०७३

haaa

 

काँकडभिट्टा (झापा), २५ वैशाख । झापाको मेचीनगरमा जङ्गली हात्ती करेन्ट लागेर मरेको अवस्थामा आज बिहान फेला परेको छ ।

मेचीनगर–४ मागुरमाडीस्थित थोप्लेविरान सामुदायिक वन परिसरमा करिब १० वर्षको मत्ता हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला वन कार्यालयबाट संयुक्तरुपमा मागुरवाडी पुगेको टोलीले हात्ती करेन्ट लागेर मरेको जनाएको हो ।

गत वर्ष बाहुनडाँगीमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको थियो । एघार वर्षको अवधिमा बाहुनडाँगी, शान्तिगरलगायतका स्थानमा दुई दर्जन बढी हात्ती मरिसकेका छन् । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर