Aamsanchar

झापाका लय पेट्रोलियम एसोसिएसनको केन्द्रीय सचिव

Author Image
शनिवार, वैशाख २५, २०७३

laya

बिर्तामोड, बैशाख २५। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको केन्द्रीय सचिवमा झापाका पेट्रोलियम व्यवसायी लयप्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन् ।
काठमाडौंमा जारी एशोसिएसनको ३९औं साधारणसभा तथा १५औं राष्ट्रिय सम्मेलनबाट भण्डारी केन्द्रीय सचिवमा सर्वसम्मत भएका हुन् । उनी मेची पेट्रोलियम डिलर्स एशोसिएसनको अध्यक्ष समेत रहेका छन् ।
झापा बुधवारे–९का स्थायी बासिन्दा भण्डारी सोही ठाउास्थित जनकल्याण शिव स्टोर्स (पेट्रोल पम्प)का सञ्चालक समेत हुन् । उनी २०५४ सालबाट पेट्रोलियम व्यवसायमा आवद्ध रहेका छन् । व्यवसायमा निरन्तर लगनशीलताको देशभरका व्यवसायीले सही मूल्यांकन गरेकोमा भण्डारीले खुशी व्यक्त गरेका छन् । सचिवमा सर्वसम्मत भएपछि आमसंचारकर्मीलाई प्रतिक्रियादिदै भण्डारीले भने– ‘पेट्रोलियम व्यवसाय र व्यवसायीको हकहितका साथै आम सेवाग्राहीको हितका लागि तन, मन र वचनले लागीपर्नेछु ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)