![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![13162198_1056168421128065_1141681660_n](http://aamsanchar.com/wp-content/uploads/2016/05/13162198_1056168421128065_1141681660_n-300x300.jpg)
[भरत शिवाकोटी / ए आर सहयात्री ]
पारिवारिक जिम्मेबारीको बोझले थलिन थालेपछि भारतबाट आफ्नो वैदेशिक रोजगारीको यात्रा सुरु गरेका गुल्मीका रामु भण्डारी १६ महिना अघिमात्र यूएई आएका हुन् । गरिबीको चपेटामा परेका भण्डारीले न त धेरै पढ्न सके, न त आफ्नै देशमा केही उद्यम गर्न सके । दाम कमाउने धोको बोकी गुल्मीबाट यूएई आएका उनै नव गायक रामु भण्डारी छोटो समयमा गायकका रुपमा परिचित हुँदै छन् । उनले पछिल्लो समयमा चर्चित गायीका मुना थापा मगरका साथमा एक गीत रेकर्ड गराएका छन् ।
नेपाली लोकसंगीतको क्षेत्रमा ” रोज्यौ धनी, गर्यौ तिम्ले घात… बोलको गीत भण्डारीले गायीका मुना थापा मगरसँग गाएका हुन् । उक्त गीतको म्युजिक भिडियो यूएईको राजधानी अबुधाबीको रमणीय स्थानहरुमा छायांकन गरिएको छ भने उक्त भिडियोमा भण्डारी स्वयमले अभिनय गरेका छन् ।
वियोगको पीडा, मायामा पाएको घात र प्रतिघातका दोहोरो अभिव्यक्ति सहितको उक्त गीतको लेखन, लय संकलन, स्वरांकन र छायांकन यूएईबाटै भएको हो । यूएई मा नै रोजगारी गरिरहेका सुन्दर खनालले शब्द संकलन गरेका अनी धेरै लोकगीतहरुमा लय भरिरहेका तथा यूएईको लोकसंगीतमा धेरै गायकगायिकाहरुको प्रेरणाका श्रोत गायक होमनाथ कुँवरले भण्डारीको उक्त गीतमा लय भरेका छन । शुभाम्भ डिजिटल म्युजिक प्रालिबाट बजारमा आएको उक्त गीतमा रामप्रसाद ढकाल, उमेश कुँवर, अर्जुन भण्डारी, नरेश सापकोटा, यामबाबु भटराई र शम्भु कुँवरले विभिन्न विधामा सहयोग गरेको गायक भण्डारीले बताएका छन् ।
वर्षौ साधना गरेका सयौं कलाकारहरु क्षमता भएर पनि यूएईको नेपाली समुदायमा गुमनाम टाक्सिएर बाँच्न विवश छन् । तर, भण्डारीले कसरी छोटो अबधिमा कसरी गायकका रुपमा उदाउन सके त ? यो सवालको जवाफमा भण्डारीले इच्छाशक्ति र साथीभाइको संगतका कारण छोटो अबधिमा नेपाली स्रोताहरुमाझ आउन सफल भएको प्रतिक्रिया दिएका छन् ।
यूएईमा सार्वजनिक रुपमा हुने शुक्रबारे बिदाहरुमा विभिन्न संघसंस्थाहरुले नियमित गर्ने कार्यक्रमहरुमा गीतसंगीत र नृत्यहरुले स्थान पाएको देख्दा भण्डारीले पनि आफ्नो बाल्यकालदेखिको गायक बन्ने सपना देख्दै आएका थिए । जहाँ इच्छा, त्यहाँ उपाय भनेझै उनले पनि यूएईमै कार्यरत होमनाथ कुँबर, चुमन काउछा मगर, सुन्दर खनाल, जिसी अमर, मिरा थापा आदी साथीहरुको सहयोग र सहकार्यमा आफ्नो सपना पूरा भएको बताएका छन । उनलाई भिडियोमा पूजा तामाङले साथ दिएका छिन् भने सन्जय घिमिरे, अमर सारु मगरले भिडियो निर्देशन तथा निर्माणमा सहयोग गरेको गायक भण्डारीले बताएका छन् ।
रोजगारीका लागि विदेसिए पनि लोकसंगीत तर्फको यात्रामा पाइला चाल्दै गरेका भण्डारी आफै गीत रचना पनि गर्छन् । कामबाट फुर्सद हुने बित्तिकै साधना गर्छन् । सामाजिक सञ्जालहरुमा निर्माण भएका विभिन्न दोहोरी समूहहरुमा नियमित गीत गाइरहेका भण्डारी ‘हाम्रो रमाइलो रोधीघर’का एडमिन पनि हुन् । नयाँ नयाँ प्रतिभाको खोजी गरी गीत गाउन प्रेरणा दिइरहने भण्डारीले चाँडै नै अरु नयाँ गीतहरु लिएर श्रोता तथा दर्शकमाझ आउने बताएका छन् ।
https://www.youtube.com/watch?v=nbde9N7fJs4&feature=youtu.be
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 456