Aamsanchar

रहरले पालेको पुत्का

Author Image
बिहिवार, वैशाख ३०, २०७३

13152878_965926430172966_1869529587_n

 रहरले पालेको पुत्का

जंगली क्षेत्रमा पाईने दुर्लभ प्रजातिको मौरी पुत्का लोप हुने अवस्थामा पुगेको छ । भुसुनाभन्दा अलि ठुलो आकारमा रहेको पुत्काको महलाई बहुगुणी आयुरर्वेद औषधीको रुपमा प्रयोग गर्ने गरिन्छ । यसको पालनको लागि विकासे मौरीको जस्तो आधुनिक उत्तम घारमा कतैपनि पालेको पाइँदैन । जङ्गलको रुखको टोडकामा पाइने पुत्काले आफ्नो घारको सुरक्षा गर्न सानो डोरी आकारको कुटी बनाएको हुन्छ । जून केही मिटर पर आफुमात्र ओहोर दोहोर गर्ने अनौठो ढोका बनाउँछ । इलामको जिर्मले इरौटार र समालबुङको तल्लो क्षेत्रमा पाइने पुत्काको मह बर्षामा एक पटक मात्र काडिन्छ । यसको मह स्थानीयस्तरमा नै प्रतिलिटर २० हजार सम्ममा बिक्री हुने गरेको रुखको ठुटाको घरमा पुत्का पालेका सलकपुरका कृषक सुभास तामाङ बताउँछन् । यसरी लोप हुन लागेको र आम्दानीको दरिलो स्रोत समेत हुन सक्ने पुत्काको संरक्षण र ब्यवसायीकरण गर्न सके किसानहरुको जीवनस्तर उकास्ने माध्यम हुने देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 723

प्रतिक्रिया (०)

सम्बन्धित खबर