Aamsanchar

आँपमा घातक विषाधि, खाँदा पखाला

Author Image
बिहिवार, वैशाख ३०, २०७३

mango

जनकपुरधाम, ३० वैशाख । जनकपुर उपमहानगरपालिका–२ का ४० वर्षीय वीरेन्द्र महतोले रसायन हाली पकाएको आँप खाँदा पखाला लागि थला परेको एक साता बितिसक्यो । याम र समयअनुसार प्रयोग गर्नुको सट्टा काचो आँपलाई व्यावसायिक प्रयोजनका लागि अहिले अमृतबाट विष बनाउँदै स्थानीय बजारमा खुलेआम बिक्री भइरहेकाले उपभोक्ता यस्ता आँप प्रयोग गरी मन्द विषको सिकार बन्दै गएका छन् ।

प्राकृतिक रुपमा आँप पाक्ने समय असार अन्तिमदेखि भदौ महिनासम्म हो । तर यहाँको बजारमा वैशाखको सुरुदेखि नै रसायन हाली पकाएका आँप भित्रिने गरेको छ । विषालु रसायनयुक्त आँपप्रति धेरैले ध्यान नदिँदा हानिकारक हुने गरेको छ । मन्द विष हालेर बिना रोक टोक बजारमा आँप बिक्री भइरहेको छ । यस्ता आँप खाँदा पेट दुख्ने, बान्ता आउने तथा स्वास्थमा प्रतिकूल असर पार्ने भएकाले स्थानीय प्रशासनले बिक्रीमा रोक लगाउनु पर्ने स्थानीय उपभोक्ता पशुपति सुल्तानिया बताउनुहुन्छ ।

काँचो आँपमा क्यालसियम काब्र्राइडजस्ता रसायन मिसाएर पकाउने गरिन्छ । डा रामबाबु जयसवाल काब्र्राइड हालेको आँप खानु विष खानु सरह भएको र बढी पेटमा प्रभाव पार्ने हुँदा नखान उपभोक्तालाई सल्लाह दिनुहुन्छ । आयुर्वेद शास्त्रअनुसार प्राकृतिक रुपमा पाकेको आँप गुलियो, शरीरको कान्ति बढाउने, पित्तनासी, मुटुलाई बलियो बनाउने जस्ता फाइदा दिन्छ ।

काब्र्राइड नामक रसायन काँचो आँपमा राख्दा चौबिस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने कारणले रसायन हाली बिक्री गर्ने गरेका छन् । समयमै पानी नपरेका कारण यस्ता आँपको बिक्री गत वर्षभन्दा ६० प्रतिशतले बढेको छ । हालसम्म रु ४० लाख मूल्य बराबरको ४० टन भारतीय आँप बिक्री गरिसकेको जनकपुर फलफूल व्यवसायी सङ्घका महासचिव भुवनेश्वर पुर्वेले बताउनुभयो ।

भारतको पश्चिम बङ्गालबाट बम्बइ, मेटल, हिमसागर, लखनभोगलगायत आँप नेपाल आयात हुन्छ । स्थानीय बजारमा प्रतिकिलो आँप रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)