Aamsanchar

रौता पोखरी सङ्कटमा

Author Image
बिहिवार, वैशाख ३०, २०७३

FIL12998

गाईघाट (उदयपुर), ३० वैशाख । उत्तरी पहाडी क्षेत्रको रौता गाविसमा अवस्थित रौता पोखरीमा हिजोआज दिनानुदिन पानी सुक्न थालेको छ ।
धार्मिक महत्वको यस पोखरीको व्यवस्थापन र संरक्षणका लागि केही प्रयास हुँदै आएको भएपनि पोखरीभन्दा माथिल्लो क्षेत्रमा मानव अतिक्रमण बढ्दा र चरनका लागि उपयोग गरिँदा पोखरी क्षेत्रमा पानी सुक्न थालेको रौता मन्दिरका पुजारी गङ्गा रानामगर बताउँछन् ।

केही वर्षयता आएर पोखरी क्षेत्र घेराबेरा गरिएको छ । पोखरी अगाडि रहेको रौता पञ्चकन्या मन्दिरको संरक्षण गरिएको भएपनि पोखरीको माथिल्लो क्षेत्रका डाँडापाखाको जङ्गल क्षेत्रमा रुख बिरुवा काटिने र गाईवस्तु चराउने कार्य हुँदै आएको छ ।

रौता पोखरी समुद्री सतहदेखि झन्डै दुई हजार मिटरको उचाइमा रहेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि २० कोस टाढा उत्तरी पहाडी क्षेत्रमा अवस्थित छ ।
विशेष गरेर शिवरात्रि तथा रामनवमी र नयाँ वर्षको पहिलो दिन रौता पोखरी क्षेत्रमा ठूलो धार्मिक मेलासमेत लाग्ने गरेको छ ।
अहिले पनि दैनिकरुपमा १०० भन्दा बढीको सङ्ख्यामा भक्तजन रौता माईको दर्शन गर्न र पूजा गर्न आउने गरेको मन्दिरका पुजारी रानामगर बताउँछन् ।
मन्दिरमा आउने भक्तजनले परेवा उडाउने तथा परेवा, पाठी र हाँसको बलिसमेत दिने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)