Aamsanchar

८३४ उद्योग खारेज

Author Image
बिहिवार, वैशाख ३०, २०७३

gharelu

इलाम, ३० वैशाख । एक दशकसम्म निस्क्रिय रहेका यहाँका ८३४ घरेलु उद्योग खारेज गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले विभिन्न समयमा दर्ता भई नवीकरण नगरी सञ्चालन भइरहेका तथा निस्क्रिय अवस्थामा रहेका उद्योगलाई खारेज गरेको हो । सरकारको नीतिअनुसार घरेलु विभागबाटै यस्ता उद्योग खारेज गर्न पत्राचार गरेबमोजिम उद्योग खारेज गरिएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत नवराज राउतले बताउनुभयो ।
रु एक लाखदेखि रु २० लाखसम्म लगानीका ७५४ घरेलु उद्योगलाई विभागले र ८० उद्योग घरेलु तथा साना उद्योग विकास समितिले खारेज गरेको हो । खारेज गरिएका उद्योगमा हाते चिया, अलैँची, पशुपालन, सिलाइकटाइ, राइस मिल, निर्माण सेवालगायत उद्योग रहेका छन् । जिल्लामा हालसम्म दुई हजार ९२१ घरेलु उद्योग दर्ता भएकामा दुई हजार ८६ सञ्चालनमा रहेका कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 459

प्रतिक्रिया (०)