![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
शुक्रबार लगभग एउटै धारका दुई चलचित्र ‘के म तिम्रो होइन र’ तथा ‘विरानो माया’ प्रदर्शन हुँदैछन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
यी दुवै प्रेम कथामा आधारित चलचित्र हुन् र दुवैमा स्थापित कलाकार छैनन् । ‘के म तिम्रो होइन र’ यसअघिको सफल चलचित्र ‘कोहिनूर’का निर्देशक आकाश अधिकारीले निर्देशन गरेको चलचित्र हो । स्व श्रीकृष्ण श्रेष्ठले अभिनय गरेको उक्त अन्तिम चलचित्र ‘कोहिनूर’ले नेपाली चलचित्रमध्ये हालसम्मकै राम्रो व्यापार गरेको चर्चा छ । त्यसताका ‘कोहिनूर’ देशैभरि करिब ६५ हलमा प्रदर्शन भएको थियो भने ‘के म तिम्रो होइन र’ अझ बढेर ७५ भन्दा बढी हलमा प्रदर्शन हुने बताइएको छ ।
आर्यन अधिकारी र करिष्मा पोखरेलले नायक÷नायिकाको रुमी ‘डेब्यू’ गरेको यो चलचित्रमा दुवैले राम्रो चर्चा पाइसकेका छन् । चलचित्रमा सङ्गीत वसन्त सापकोटा र ताराप्रकाश लिम्बूले दिएका छन् र केही गीतले प्रदर्शनअघि नै चर्चा पाइसकेका छन् । सुरेश अधिकारीले निर्माण गरेको चलचित्रमा प्रज्वलसुजल गिरी, गौरी मल्ल, मिथिला शर्मा आदि कलाकारको पनि अभिनय देख्न सकिन्छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
हरेक कोणबाट राम्रो चलचित्र बनेको हुनाले ‘के म तिम्रो साथी होइन र’ले राम्रो व्यापार गर्ने आशा गरिएको वितरक करण श्रेष्ठले बताउनुभयो ।
त्यस्तै, माधव खरेलले निर्देशन गरेको चलचित्र ‘विरानो माया’मा पनि श्रीदेव भट्टराई, नम्रता सापकोटा, रोहित रुम्बा, दीपाशा विसी आदि स्थापित नभएका कलाकारले अभिनय गरेका छन् । मीलन लामा र सावित्री अधिकारीको लगानीमा निर्माण भएको चलचित्र ‘प्रेम कथा’लाई आधार बनाएर नेपाली मौलिक भाषा र संस्कृतिलाई कलात्मक रुपमा प्रस्तुत गरिएको निर्देशक खरेलले जानकारी दिनुभयो ।