Aamsanchar

एमआरआर र डब्लूआरआर सेवामा

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

21MRR copy
बिर्तामोड, बैशाख । मातातीर्थ औंसीको अवसरमा सामाजिक सञ्जालका समूहहरू एमआरआरका सदस्य र डब्लूआरआरका सदस्यले बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई सम्मान तथा फलफूल बितरण गरेका छन् ।
‘सामाजिक सञ्जालको सही प्रयोग गरौ, मनोरञ्जनसागै सामाजिक कार्यमा लागी परौं’ भन्ने नाराका साथ सामाजिक सञ्जालबाटै जुटेका युवाको उपस्थितिमा कार्यक्रम सम्पन्न थियो । उक्त समूहले सदस्यहरूबाटै रकम संकलन गरी आश्रममा आवश्यक आाटा, चिनी, दाल जस्ता घरायसी सामानहरू समेत बितरण गरेको थियो । एमआरआर इञ्चार्ज सुजन उप्रेती र तृष्णा थापाको सभापतित्वमा भएको कार्यक्रममा अभिषेक पौडेल लगायतले मन्तव्य राखेका थिए ।
सामाजिक सञ्जाललाइ मनोरञ्जनसागै सामाजिक कार्यमा लागि परेर समाज र देशलाइ टेवा पुर्‍याउने निष्कर्षसहित समूहमा आवद्ध सदस्यहरू सेवामा जुटेका छन् । आगामी दिनहरूमा पनि सामाजिक सञ्जालको माध्यमबाट यसरी नै साथ र सहयोगका लागि अग्रसर हुने जनाइएको छ । कार्यक्रमलाई एनआईसी कम्प्युटरले समेत सहयोग पुर्‍याएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 452

प्रतिक्रिया (०)