![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
स्टिल लभिङ यु एल्बमबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएकी प्रजिता गेलाल अस्ट्रेलिया पुगेर पनि गायनमा सक्रिय हुनुहुन्छ । भन्नुहुन्छ–“जहाँ गए पनि छाडेन नेपाली गीत गाउने हुटहुटीले । म जतिखेर पनि गाउँछु । सङ्गीतमै रमाउँछु । ”
अस्ट्रेलियामा हुने नेपाली चाडपर्वमा मात्र होइन नेपाली रहेका अन्य मुलुकमा समेत पुगेर नेपाली गीत÷सङ्गीतको स्वाद पस्कँदै आउनुभएकी प्रजिता विदेशमा रहेका नेपालीबीच झुमीझुमी गर्लका रूपमा परिचित हुनुहुन्छ । स्टेजमा हट एन्ड सेक्सी प्रस्तुतिका कारण पनि युवापुस्तामा लोकप्रिय गेलालको झुमीझुमी… बोलको गीत र म्युजिक भिडियो विदेशमा रहेका नेपालीबीच निकै लोकप्रिय छ । आप्mना केही गीतमा मोडलिङसमेत गर्नुभएकी गेलालले स्टिल लभिङ यु, झुमीझुमी र प्रजिता गरी तीनवटा एल्बम र तीन दर्जनभन्दा बढी गीत गाइसक्नुभएको छ ।
सुनसरी खनारकी प्रजिता अध्ययनका लागि विदेश गए पनि गीत÷सङ्गीतमा रमाउँदै आउनुभएको छ । चौथो एल्बमको तयारीमा रहनुभएकी प्रजिता भन्नुहुन्छ– “जहाँ गएनि यो मन त नेपाली हो । ”
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)