Aamsanchar

जवरजस्ती करणी गर्ने पक्राउ

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

धनुषा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हरिपुर हडबडा–१ बस्ने १८ बर्षीय राहुल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

मण्डलले बैशाख २६ गते हरिपुर हडवडा–३ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर बुधबार इलाका प्रहरी कार्यालय यदुकुवामा प्राप्त हुनासाथ खटिएको प्रहरीले मण्डल पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)