Aamsanchar

झापामा ५२ जना मिर्गाैलाका नयाँ रोगी

Author Image
शुक्रवार, वैशाख ३१, २०७३

काँकडभिट्टा (झापा), ३१ वैशाख । झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ रोगी थपिएका छन् ।

कार्यालयका तथ्याङ्कअनुसार झापामा २०६६ सालयता मात्र ३२७ जना मिर्गाैलाका रोगी रहेका छन् ।
जसमा आर्थिक वर्ष २०६६÷६७ मा ३४ जना, २०६७÷६८ मा ४८ जना,२०६८÷६९ मा ३६, २०६९÷७० मा ४० जना, मा ५२ जना, २०७१÷७२ मा ६५ जना, र चालु आर्थिक वर्षको वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका रोगी फेला परेका छन् ।

कार्यालय प्रमुख चन्द्रदेव मेहताका अनुसार झापामा पछिल्लो समय मिर्गाैलाका रोगी थपिने क्रम बढ्नु चुनौतीको विषय रहेको बताउनुभयो ।

उहाँले चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि समेत नखान मिर्गाैला रोगीलाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर