Aamsanchar

उमेर नाघेका कारण नेपाल जेसीज अध्यक्ष जगत निलम्बित

Author Image
शुक्रवार, वैशाख ३१, २०७३
pre
काठमाडौं- नेपाल जेसिसका अध्यक्ष जगत पोखरेललाई निलम्बित गरिएको छ। जेसिसको अन्तर्राष्ट्रिय मुख्यालयले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै उमेर हदबन्दी पार गरेको भन्दै पोखरेललाई निलम्बित गरेको हो।
उनी महेन्द्रनगरमा भएको ४२औं साधारणसभाबाट अध्यक्ष चुनिएका थिए। तर अन्तर्राष्ट्रिय मुख्यालयले १८-४० वर्षको उमेर हदका कारण उनलाई निलम्बन गरेको जनाएको छ। मुख्यालयले पुनः सधारणसभा गरेर नयाँ अध्यक्ष चुन्न निर्देशन पनि दिएको छ।

‘मुख्यालयले यसअघि नै तीस दिनभित्र साधारणसभा गरेर नयाँ अध्यक्ष चुन्न निर्देशन दिएको थियो। तर नेपाल जेसिसले मुख्यालयको निर्देशन नटेरेका कारण यस्तो निर्णय गरिएको हो,’ जेसिसका अन्तर्राष्ट्रिय महासचिव अर्रे ओबेन्सनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

नेपाल जेसिसका अध्यक्ष पोखरेलले भने यसबारे बैठक बसिरहेको बताए। ‘बैठकको अब के गर्ने निर्णय गर्नेछ,’ उनले नागारिकन्युजसँग भने।

बुटवल जेसिजको अध्यक्ष हुँदै नेपाल जेसिसको विभिन्न कार्यकारी भूमिकामा रहेर काम गरेका उनी महासचिवसमेत बनेका थिए। उनी गत पुसमा अध्यक्षमा चुनिएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर