Aamsanchar

बाथदेखि पेट रोगीसम्म आयुर्वेद उपचार केन्द्रमा

Author Image
शनिवार, जेठ १, २०७३

 

बाबियाचौर  । म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् ।

तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन् ।

आयुर्वेद औषधि, उपचारप्रति बिरामीको आकर्षण बढेपछि केन्द्रले मातहतका भगवती र दानास्थित औषधालयबाहेक बाबियाचौर र घार गाविसको पोखरेमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ ।

केन्द्रले पछिल्लो समय गाउँगाउँमा पुगेर निःशुल्क उपचार शिविर सञ्चालन गरेपछि एलोपेथिक औषधि खाएर पनि निको नभएका बिरामी यसतर्फ आकर्षित भएका हुन् ।

गरिब, विपन्न र ग्रामीण भेकको बिरामी आयुर्वेद औषधि उपचारका लागि आउन थालेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश शर्मा भुसालले बताउनुभयो ।

उहाँका अनुसार एलोपेथिकतर्फभन्दा आयुर्वेदिक उपचारपद्धतीको प्रचार नभएकाले पछि परेको हो । भुसालले भन्नुभयो, “आयुर्वेदिक औषधि अलि बढी समय सेवन गर्नुपर्छ तर नकारात्क असर भने गर्दैन ।”
केन्द्रका अनुसार म्याग्दीमा आयुर्वेदिक औषधि प्रयोग गर्ने र उपचार गराउने बिरामीको सङ्ख्या बढ्दो छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर