Aamsanchar

मान्छे भनेको भाले पो रहेछ

Author Image
शनिवार, जेठ १, २०७३

vale
[शान्तिराम बस्नेत]

शिवसताक्षी(झापा) । बिहिबार करीब १२:३० बजेतिर शिवसताक्षीको दूधे बजारमा वेबारिसे शव फेला पर्‍यो भन्दै हल्ला चल्यो । सो हल्ला फुसको आगो झैं क्षणभर मै सल्कियो ।
सोही दिन दूधे बजारमा हाट लाग्ने भएकाले व्यापारीदेखि लिएर स्थानीयबासीहरु घटनास्थलतर्फ दौडिए । केही स्थानीयबासीले नजिकैको झिलझिले प्रहरी चौकीलाई खबर गरे । सोही बमोजिम सई नारायण योगीको कमाण्डमा शिवसताक्षी ७ स्थित दूधे बजारदेखि लगभग ८ सय मीटर दक्षिणको दूधे खोलाको डिलमा भएको घटनास्थलमा पुग्यो पनि ।
घटनास्थलको आसपासमा सिरानी, पेटिकोट र तन्नासंगै प्लाष्टिकभित्र पोको पारेर राखिएको चीजको नराम्रोसंग सिनोको गन्ध पनि आइरहेको थियो । अधिकांश महिलाहरुले कुन पापीनीले आफ्नो पाप यहाा ल्याएर फालिछे भन्दै सराप्दै थिए ।
यता प्रहरीले घटनाको सम्पूर्ण विवरण तयार गरी मुचुल्का पनि उठायो । भद्रभलाद्मीलाई रोहवरमा राखी हस्ताक्षर पनि गराइसकेपछि उक्त चीजलाई खोल्नका लागि प्रहरी तयार भयो ।
प्रहरीले प्लाष्टिकभित्र पोको पारी बेरेर फालिएको अवस्थामा रहेको उक्त शंकास्पद चीजलाई खोल्यो तर उक्त पोको खोलिसकेपछि थाहा भयो कि त्यो शव नभएर कुखुराको भाले पो रहेछ ।
पोकोबाट मरेको भाले झिकिएपछि प्रहरीहरु लाजले रातो भए भने स्थानीयवासीहरुमा हाासोको फोहोरा नै फुट्यो । पछि झिलझिलेमा हुादैं गरेको गोल्डकप प्रतियोगितामा भेटिएका योगीले भने : हैट ! भालेले आज दिमाग खराब गर्‍यो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर