Aamsanchar

ठेकेदार भागेपछि खानेपानी  अलपत्र

Author Image
शनिवार, जेठ १, २०७३

khanepani

 

तिलोत्तमा (रुपन्देही) । सैनामैना नगरपालिका बाँसगढीमा रहेको निर्माणाधीन खानेपानी ओभर हेड ट्याक्कीका ठेकेदार काम नसकी भागेपछि करोडौँ रुपैयाँको खानेपानी आयोजना अलपत्र परेको छ र उपभोक्ता समस्यामा परेका छन् ।

तीन लाख ६० हजार लिटर क्षमता भएको ट्याक्की रु एक करोड ६२ लाखको लागतमा २०७२ असार मसान्तसम्म सम्पन्न गर्ने गरी खानेपानी डिभिजन कार्यलयबाट अजम्बर सिवराम जेवी कन्ट्रक्सनले ठेक्का पाएको थियो । ठेकेदार सम्पर्कमा नआएपछि ट्याङ्की निमार्णमा ढिलाइ भएको छ ।

खानेपानी डिभिजन कार्यालयका प्रमुख शङ्करमणि पोखरेलले पहिलो छ महिनासम्म ठेकेदारले निरन्तर काम गरेपनि पछि काम गर्न छाडेको बताउनुभयो ।

यसैबीच कार्यालयले पुरानो ठेकेदार कम्पनीले काम नगरेपछि ठेक्का रद्द गरेर अर्को ठेक्का प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

उक्त ट्याक्कीमा सङ्कलित पानी सैनामैनाको नगरपािलका ९, १० र १२ वडाका एक हजार ३०० उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो । अहिले ७२० उपभोक्ताको घरमा धारा जडान गरी सिधै पानी वितरण भइरहेको छ ।

पाइपलाइन विस्तार कार्य तीव्र गतिमा अघि बढेको भए पनि ठेकेदारले समयमै ट्याक्की निमार्ण नगर्दा उपभोक्ता मारमा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 498

प्रतिक्रिया (०)