Aamsanchar

भवन निर्माणमा जुट्यो अर्जुनधारा जेसीज

Author Image
शनिवार, जेठ १, २०७३

13231112_969049206527355_1407809465_n

[ विनोद पाण्डे]

चारपाने । समाजका जुनसुकै संघ संस्था होस ति सबै समाजकै सम्पती हो । सामाजिक धरोहरका रुपमा निर्माणहुने भवनले बर्षऔं बर्षसम्म समाजलाई प्रत्यक्ष लाभ पुर्एकै हुन्छ । त्यस्तै संस्था मध्यको अर्जुनधारा जेसीज शनिश्चरेले पनी भवन निर्माण कार्यलाई तिब्ररुप दिएको छ । सन् २०१२ मा स्थापना भएको जेसीजले त्यसयता समाजमा विभिन्न रचनात्मक कामहरु गरेर सबैको विश्वासीलो र मन जितन सफल बनेको संस्था हो अर्जुनधारा जेसीज ।मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल मन्त्र बोकेर सामाजिक उत्तरदाईत्वलाई पनी आत्साथ गर्दै यस बर्ष जेसीजलाई हाक्ने कार्यसमिति पदाधिकारीहरु अध्यक्ष सार्दुलहाङ ओली कार्यकारिणी उपाध्यक्षहरु प्रलाद थापा, चन्द्र नारामगर, कानुनी सल्लहाकार चिरन थापा, महासचिव टिकाराम गौतम, कोषाध्यक्ष अजय देव, उपाध्यक्षहरु किरण श्रेष्ठ,सुरेश थापा, देवेन्द्र मैनाली, राजप थापा, मिडिया सहसंयोजक सागर खरेल र कार्यलय सचिव शिवकुमार चिमरिया सहित संस्थापक अध्यक्ष ईन्दिबर खड्का अहोरात्र भवन निर्माण सम्पन्न गराउन लागी पर्दै आएका छन । तिन तल्लाको भवन बनाउने उदेश्य सहित निर्माण सुरु गरिएको भवनको पहिलो तल्लाको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भई सकेको मित्री शिवकुमार मण्डले जनाए । पहिलो तल्ला २७ लाखको अनुमानित बजेटमा निमार्ण सुरु गरिएको भवनमा ६ कोठा रहने छ । हाल सम्ममा १२ लाख खर्च भईसकेको कोषध्यक्ष अजय देवले बताए । यसै बर्ष भित्र निर्माण सम्पन्न गर्ने उदेश्य बर्तमान कार्य समितिले लिएको छ । जेसीजको विधान अनुसार एक व्यक्ति एक कार्यकाल पद रहने गर्दछ । बर्ष २०१६ को कार्य अवधी ५ महिना बितीसकेको छ । स्थानिय संघ संस्था, उद्योगी, व्यापारी, समाजसेवी र छिमेकी जेसीज शाखा र शुभ चिन्तक जेसीज हरुको सहयोगको भरमा निर्माण सुरु गरिएको भवन लाई दाताहरुले निसङकोच सहयोग गर्दै आएका छन र अरु धेरै दाता महानुभव हरुले आर्थिक सहयोग गर्नुहुन्छ भन्ने अर्जुनधारा जेसीजले आशा राखेको अध्यक्ष ओली बताउछन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 395

प्रतिक्रिया (०)

सम्बन्धित खबर