Aamsanchar

सबभन्दा सानो कृति ‘गाभा’

Author Image
शनिवार, जेठ १, २०७३

sunil puri sahityakar

 साहित्यकार सुनिल पुरीको ‘गाभा’ नामक हाइकु सङ्ग्रह सानो आकारमा शनिबारदेखि बजारमा आएको छ ।

साढे एक सेमी लम्बाइ र एक सेमी चौडाइको सो कृति सम्भवतः नेपालकै सानो आकारको कृति हो । मोबाइलको सिम कार्ड आकारको कृतिमा केटाकेटीको प्रफुल्लता, मानवीय छटपटी, चरा तथा चराले गाउने गीत, हिमाल ताल, सौन्दर्य, पीडालगायत विषयका ५१ हाइकु समाविष्ट छ ।

जापानको साहित्य हाइकु अहिले नेपालमा समेत लोकप्रिय बन्दै गएको छ । साहित्यकार शङ्कर लामिछाने यसलाई नेपालमा पहिलो पटक विसं २०१९मा प्रवेश गराउनुभएको हो । तीन हरफमा ५–७–५ अक्षरमा हाइकु लेखिन्छ जहाँ ऋतु, मौसम, संस्कृति विम्बका रुपमा प्रयोग हुन्छ ।
स्पर्श नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाले कृति विमोचन गर्दै स्रष्टा कतै पनि पूर्वाग्रही नभई मुलुकमा राजनीतिक अस्थिरताको अन्त्य गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रा डा रामकुमार पाँडेले नेपाली विभिन्न जातजाति, धर्म संस्कृतिमा फैलिएको बताउँदै यी सबैका बीच एकता भए मात्र राष्ट्रिय एकता बलियो हुन्छ भन्नुभयो । प्राज्ञ श्रवण मुकारुङ र साहित्यकार मित्रबन्धु पौडेलले नेपाली साहित्यमा हाइकुको महत्व बढ्दै गएको बताउँदै जीवनजगत्का कुरा अभिव्यक्त हाइकुमा सजिलो हुने विचार व्यक्त गर्नुभयो ।

रचयिता पुरीले हाइकु रचनासरल भाषामा गर्दा पठनीय हुने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 378

प्रतिक्रिया (०)

सम्बन्धित खबर