Aamsanchar

जुवा खेल्ने राप्रपा नेपालका केन्द्रीय सदस्यसहित २४ जना जुवा पक्राउ

Author Image
शनिवार, जेठ १, २०७३

juwa

सोह्रखुट्टे प्रहरीले काठमाडौंको नयाँबजारमा जुवा खेलिरहेको अवस्थामा राप्रपा नेपालका केन्द्रीय सदस्य भुजुङ गुरुङसहित २४ जनालाई पक्राउ गरेको छ।

भुजुङ गुरुङले घरमा जुवा खेलाएको स्थानमा प्रहरीले  दिउँसाे छापा मारेको हो।

प्रहरीले भुजुङ गुरुङसहित २४ जनालाई नियन्त्रणमा लिएको छ। जुवाखालबाट प्रहरीले २ लाख १४ हजार बरामद समेत गरेको छ। गुरुङले लामो समयदेखि अाफ्नै घरमा जुवा खेलाउँदै अाएको प्रहरी अनुसन्धानबाट खुल्न अाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)