![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![download](http://aamsanchar.com/wp-content/uploads/2016/05/download.jpg)
बिर्तामोड– नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नया संविधानले सबै खाले विभेदलाई हटाएको बताउनुभएको छ ।
युवा संघ नेपाल झापाले संगठनको २६ औं स्थापना दिवसको अवसरमा शनिबार विर्तामोडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहांले अब संविधानमा उल्लेख भएका अधिकारलाई व्यवहारिक रुपमा कार्यान्वयमा लैजान एकजुट हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।
लोकतान्त्रिक, प्रतिशील, देशभक्ति र समाजवाद उन्मुख संविधान निर्माण भएको भन्दै खनालले विश्वकै नमूना संविधान नेपालमा बनेको दाबी गर्नुभयो ।
पार्टीको पूर्व अध्यक्ष समेत रहेका खनालले हालसम्मका प्राप्त उपलब्धिलाई ठीक ढङ्गले संस्थागत गर्न नसके जनक्रान्तीको उपलब्धि गुम्ने खतरा रहेको औंल्याउनुभयो ।
युवा संघ नेपाल झापाका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा झापा आन्दोलनका योद्धा र २०४५ साल अघिका नेकपा एमालेका एक सय भन्दा बढी पार्टी सदस्यहरुलाई एकसाथ अभिनन्दन गरिएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 300