![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
इलाम
लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भन्नुभयो – “योपटक एक महिनादेखि कारखाना चलेका छैनन् । पत्ती राम्रोसँग कारखानामा आउन अझै एक दुई हप्ता लाग्छ ।”
केही दिनयता सुरु भएको वर्षाले जेठको दोस्रो सातासम्म कारखाना चलाउन सकिने उहाँले बताउनुभयो । कारखाना बन्द हुनुअघि हरेक कारखानामा दैनिक पा“च हजार किलोसम्म हरियो चियापत्ती प्रशोधनका लागि आउने गरेको थियो ।
पत्ती अभावको असर धेरै चिया कारखानालाई परेको छ । जिल्लाका दुई दर्जन ठूला चिया कारखानामध्ये अधिकांश बन्द हु“दा कृषक र कारखाना सञ्चालक दुवैलाई नोक्सानीमा छन् । विगतमा यो मौसममा दैनिक एक लाख किलोभन्दा धेरै हरियो चियापत्ती उत्पादन हुने गरेको थियो ।
उत्पादन बढ्ने बेलामा लामो समयसम्म मुना नपलाएकाले कृषकलाई थप मार परेको तीनजुरे चिया कारखानाका बम निरौलाले बताउनुभयो ।