Aamsanchar

नायिका सोनाक्षीको स्वागत गर्ने सेनाका जर्नेललाई स्पष्टीकरण लिइयो

Author Image
आइतवार, जेठ २, २०७३

sena

काठमाडौं ।

रक्षा मन्त्रालयले भूकम्प पीडितको सहयोगका लागि नेपालमा सांगीतिक प्रस्तुती गर्न आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेल विमानस्थल गएकोबारे नेपाली सेनासँग स्पष्टिकरण मागेको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद दाहालले नेपाली सेनाका जर्नेल बलिउड नायिकाको स्वागतमा विमानस्थल गएकोबारे स्पष्टिकरण मागिएको जानकारी दिए ।

सैनिक श्रीमती संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गत शुक्रबार काठमाडौं आएकी सिन्हाको स्वागतमा नेपाली सेनाका जर्नेलसहितका अधिकृतहरु बर्दीमै विमानस्थल पुगेका थिए ।

यस्तै, अर्की कलाकार मलाइका अरोरालाई पनि नेपाली सेनाकै अधिकारीहरुले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)