Aamsanchar

अाफ्नै ट्र्याक्टरमा च्यापिएर मालिकको मृत्यु

Author Image
आइतवार, जेठ २, २०७३

mritu

भीमदत्तनगर—महाकाली नदीमा पानीको बहाब एक्कासि बढ्दा आज एक जना ट्र्याक्टर चालकको मृत्यु भएको छ।
महाकाली नदीमा बालुवा लिन गएका कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–९ नौखरीका ४० वर्षीय वीरबहादुर चौधरीको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको पिपरीया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक करनसिंह पेलाले बताए।

चौधरी ट्र्याक्टरका मालिकसमेत हुन्। मृतकको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर