Aamsanchar

नेपाल सेनाको नाममा लाखौँ ठगी

Author Image
आइतवार, जेठ २, २०७३

farar

अर्घाखाँचीः  नेपाली सेना भएको, गण सर्न लागेको र गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा बिक्री गर्ने भन्दै आइतबार लाखौँ नगद ठगी गर्दै मोटरसाइकल समेत लिएर युवक फरार भएका छन् ।
दिनेश नाम बताउने युवाले सन्धिखर्कको चन्दननाथ गण सरुवा भई बारा जानुपर्ने बाध्यता सुनाउदै ठगी गरेका हुन् । उनले गणमा रहेका खाद्य सामाग्री सस्तो मुल्यमा दिने बताउँदै लाखौँ ठगी गरेका हुन् ।
बुधबार पाली गाविसको वाड न. ७ मा गई स्थानीय  व्यपारी दीपक नेपाली र महेस पन्थलाई गणमा रहेका चामल, दाल, तेल लगायतका खाद्य पदार्थ सस्तो मुल्यमा दिलाउने झुट उनले बोलेका थिए ।
बुटबल भन्दा सस्तो मुल्यमा सामान दिने बुझेपछि व्यापारी दीपक नेपालीले  चन्दननाथ गण नजिकै क्याम्पस रोडमा तीन लाख नगद बुझाएको बताए ।
नगद पाएपछि ब्यारेकबाट सामान गाडीमा हालेर बाहिर ल्याइदिने बताउदै ति युवक व्यापारी चढ्ने गरेको लु १७ प ७९५४ नम्बरको मोटरबाइकसहित फरार भएका छन्।
एक घण्टासम्म सामान र मानिस नआएपछि आर्मी ब्यारेकमा कुरागरेपछि व्यापारीले आफूहरु ठगिएको थाहा पाएका थिए ।
ठगी गर्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर